Homeसमाचारहल्लामा नलाग्न आग्रह

हल्लामा नलाग्न आग्रह

विर्तामोड ९ चैत । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक मुकुन्द रिजालले १८/२० दिनका लागि आवश्यक दैनिक प्रयोजनका सामग्री स्टक गरेर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।
नारी कल्याण समाजले विर्तामोडमा आयोजना गरेको माक्स तथा सेनेटाइजर वितरण कार्यक्रममा बोल्दै रिजालले विश्वमा जोखिमका रुपमा देखिएको कोरोना भाइरसबाट हुने संक्रमणबाट बच्न र बचाउनका लागि सबै सजग र सचेत हुनुपर्नेमा जोड दिंदै यस्तो आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले विभिन्न माध्यमबाट फैलाइएका अफवाहको पछि नलाग्न र आतंकित नहुन पनि सुझाउदै आवश्यक भन्दा बढी सामग्री स्टक नगर्न पनि आग्रह गर्नुभयो ।
समाजले आइतबार विर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय विर्तामोड तथा विर्तामोड नगरपालिका वडा नं.–५ लाई माक्स र सेनेटाइजर वितरण गरेको थियो ।
समाजका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव निरीक्षक मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रकाश जवेगुलाई प्रमुख अतिथि रिजालले माक्स र सेनेटाइजर हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै विर्तामोड नगरपालिका वडा नं.–५ का वडा सदस्य डिआर कडरियाले ५ नम्बर वडा कार्यालयलाई प्रदान गरेको माक्स ग्रहण गर्नुभएको थियो भने संस्थाकी अध्यक्ष भट्टराईले इलाका प्रहरी कार्यालयका प्रमुख रिजाललाई माक्स र सेनेटाइजर प्रदान गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहल्लामा नलाग्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img