Homeसमाचारसेनाको खण्डन–हेलिकोप्टरबाट किटनाशक औषधी छर्ने कुरा भ्रम

सेनाको खण्डन–हेलिकोप्टरबाट किटनाशक औषधी छर्ने कुरा भ्रम

काठमाडौं ८ चैत । सामाजिक सञ्जालमा शनिवार राति १२ बजे हेलिकोप्टरमार्फत कोरोना भाइरस विरुद्धको किटनाशक औषधी छर्ने कुराको नेपाली सेनाले खण्डन गरेको छ ।
एक युवतीको आवाजमा रेकर्ड भएको झण्डै २९ सेकेन्ड समयको अडियोमा सामाजिकमा भाइरल भएसंगै सेनाले त्यसलाई अपवाह भन्दै खण्डन गरेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहरुमा ’नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड(१९) विरुद्ध किटनासक औषधि छरिने’ भनी आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेकै बेला यस्तो अफवाहको पछि नलाग्न सुझाउनु भएको छ ।
संभावित महामारीविरुद्ध न्युनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेपनि किटनाशक औषधी छर्नेबारे कुनै योजना नभएको बताउनु भयो । कोरोना भाइरसको संक्रमण जोखिमको संवेदनशील घडीमा कसैलाई पनि भ्रमको पछि नलाग्न पनि अपिल गर्दै पाण्डेले भन्नुभयो– ‘अहिलेको संवेदनशील घडीमा यस्तो भ्रामक, झुटो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्णमा अनुरोध गर्दछ ।’
साथै कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यमा सेनाको गतिविधिबारे आम जनमानसमा कुनै दुविधा भए सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसेनाको खण्डन–हेलिकोप्टरबाट किटनाशक औषधी छर्ने कुरा भ्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img