Homeसमाचारपत्रकार र प्रहरीलाई जेसीजको माक्स वितरण

पत्रकार र प्रहरीलाई जेसीजको माक्स वितरण

विर्तामोड ८ चैत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न वीरता जेसीजले पत्रकारलाई निःशुल्क मास्क र सेनेटाइजर प्रदान गरेको छ ।
वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटालाई दुईसय पचास थान मास्क र २० वटा सेनेटाइजर हस्तान्तरण गरेको हो ।
सूचना सम्प्रेशण गर्न हरेकदिन खट्नुपर्ने पत्रकारहरुलार्ई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क र सेनेटाइजर वितरण गरेको अध्यक्ष पोखरेलले बताउनु भयो ।
त्यस्तै वीरता जेसीजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् प्रहरीलाई मास्क वितरण गरेको छ ।
जेसीजका अध्यक्ष पोखरेल नेतृत्वको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई १÷१ एकसय थान माक्स प्रदान गरेको थियो ।
त्यस्तै शनिवारै वीरता जेसीजले विर्तामोड–६ स्यालडाँगीमा कोरोना भाइरस (कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै मास्क र सावुन वितरण गरेको छ ।
संस्थाका अध्यक्ष मिजास पोखरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सूर्य कन्दड्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यसक्षेत्रका दुईसय बढी स्थानीयलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्क र सावुन वितरण गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, बिर्तामोड–६ का वडासदस्य एलवीन्द्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास बस्नेतले गरेको सामाजिक सञ्जाल संयोजक संजय राजवंशीले जानकारी दिनुभयो ।

कांग्रेस नगर समितिद्वारा सर्वसाधारालाई माक्स


शनिश्चरे । शनिबार नेपाली कांग्रेस अर्जुनधारा नगरसमितिले अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा शनिवार माक्स वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलंदो कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सहयोग पुगोस भन्ने ध्येयले माक्ससंगै समितिले चेतनामुलक ब्रुसर समेत वितरण गरिएको उक्त अवसरमा माक्स दिनुपूर्व उनीहरुको तापक्रम समेत परिक्षण गरिएको नगरसभापति हेमराज खरेलले जानकारी दिनुभयो ।
बजारमा उपस्थित सर्वसाधारणदेखि बाटो हिड्नेसहित सातसय जनालाई वितरण गरिएको माक्स खरिदका लागि समितिले तीनदिन अघि नै अर्डर गर्नुपरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार र प्रहरीलाई जेसीजको माक्स वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img