Homeमनोरञ्जन‘हंस’मा प्रेम कथा

‘हंस’मा प्रेम कथा

विर्तामोड ३० फागुन । साहित्यकार डा. संजीव उप्रेतीले पछिल्लो कृति ‘हंस’ प्रेम कथामा आधारित रहेको बताएका छन् ।


नेपाली लेखक संघको आयोजनामा विर्तामोडस्थित भेटघाट चौतारीमा सम्पन्न पुस्तक चर्चा परिचर्चामा डा. उप्रेतीले प्रेमकथाको भाव बोकेको ‘हंस’ सरल भाषामा सबैले बुझ्ने गरि लेखिएको बताउनु भयो ।
यसअघिको कृति घनचक्कर पागलपनमा आधारित रहेको प्रसंग उल्लेख गर्दै प्रेमलाई पनि पागलपन भनिएपनि हंस त्यो भन्दा भिन्न रुपमा आएको लेखक उप्रेतीको भनाइ थियो ।
नेपाली लेखक संघ झापाका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता तथा मुनाराज शेर्माको सहजीकरणमा सम्पन्न परिचर्चा कार्यक्रममा अस्वश्थमा कृतिका कृतिकार कुमार भट्टराई, साहित्यकार कृष्ण बराल, रक्तबीजका लेखक कृष्ण अविरल, मायामितु न्यौपाने, लीला अनमोल, दिपिन राई लगायतले ‘हंस’ मा समेटिएका विषय बस्तु र लेखकको पाठकीय धारणाबारे जिज्ञासा राखेका थिए ।
लेखकले ‘हंस’मा पशुपंक्षी, जनावर तथा सरिश्रृपलाई पात्र बनाएर कथा वस्तुमा समेटिएको बताइएको छ ।
पाठकले उठाएका जिज्ञासाबारेमा लेखकले स्पष्ट पार्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जन‘हंस’मा प्रेम कथा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img