Homeसमाचारसंविधानसभा सदस्य भन्छन् :– 'संविधान संशोधन केटाकेटी खेल होइन'

संविधानसभा सदस्य भन्छन् :– ‘संविधान संशोधन केटाकेटी खेल होइन’

झापा १५ फागुन । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पराजितलाई राष्ट्रिय सभामा ल्याएर प्रधानमन्त्री बनाउन नेकपाभित्र भइरहेको संविधान संशोधन प्रस्ताव घोर आपत्तिको विषय रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाको आयोजनामा विहीबार विर्तामोडमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शिवाकोटीले संविधान संशोधनलाई केटाकेटी खेल जस्तो नसम्झन सुझाव दिनुभयो ।
झापा कांग्रेसका पूर्वसभापति समेत रहनु भएका शिवाकोटीले अमुक व्यक्ति वा अमुक दलको स्वार्थ केन्द्रीत संविधान संशोधन कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।
संविधान संशोधन केटाकेटी खेल होइन सदस्य शिवाकोटीले भने–‘यसलाई राजनीतिक दलहरुले गम्भिर भएर सोच्नुपर्छ ।’
‘नेपालमा लोकतन्त्र र प्रजातन्त्र नेपालीको नसिवमै छैन कि’ भनेजस्तो आफूलाई लाग्न थालेको बताउँदै नेता शिवाकोटीले भन्नुभयो–‘लोकतन्त्रका लागि हामी किन जिम्मेवार रहेनौं, लोकतन्त्र रहेन भने नेपालको अस्तित्व रहँदैन, प्रजातन्त्रले मात्रै नेपालको अस्तित्व बचाउँछ ।’
कांग्रेस आन्तरिक कलहकै कारण निर्वाचनमा दोस्रो पार्टी भएको स्मरण गर्दै उहाँले नेकपा पनि अहिले चरम आन्तरिक कलहमा फसेको र यसले बहुमतीय नेकपा नेतृत्वको सरकारलाई नै अफ्ठ्यारोमा पार्नेे धारणा राख्नुभयो ।
‘चिनतिर ढल्किए भारतसहित अरु राष्ट्रले नमान्ने र भारततिर ढल्किए चिनले नमान्ने अवस्था आएको छ’–उहाँले भन्नुभयो–‘अन्तरौष्ट्रिय जगतले समेत नेपालमा निकै ठूलो प्रभाव जमाइसकेका छन्, अमेरिकाले समेत नेपालमा आँखा लगाइरहेको छ।’ यो नेपालको हितमा नहुने उहाँको भनाई थियो । नेपालमा धार्मिक कारणले समेत द्वन्द्वको जोखिम रहेको उहाँको भनाई थियो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेकपा नेतृत्वले सरकार चलाएको २ बर्ष अवधिमा ६१ बढी गल्ती गरिसकेको र जनताले गल्तीको सजाय आगामी निर्वाचनमार्फत दिने विश्वास ब्यक्त गर्नुभयो ।
संघीय संरचना अनुरुप पार्टी संगठन समायोजनपश्चात पहिलोपटक आयोजना गर्न लागिएको क्षेत्रीय सम्मेलनले आम कार्यकर्तामा भातृत्वप्रेम बृद्धि गर्दै झापा कांग्रेसलाई सबल, सक्षम र सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्व र सचिव डिल्लीराम घोर्साईंको सञ्चालन रहेको कार्यक्रममा झापा क्षेत्र नंं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीले क्षेत्रीय सम्मेलनका बारे जानकारी दिनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंविधानसभा सदस्य भन्छन् :– 'संविधान संशोधन केटाकेटी खेल होइन'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img