Homeसमाचारनेकपाले फागुन २१ मा सुखानी शहीद स्मृतिसभा गर्ने

नेकपाले फागुन २१ मा सुखानी शहीद स्मृतिसभा गर्ने

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७ औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।
भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन प्रशासनद्वारा राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ गते हत्या गरिएको थियो । सोही दिनको सम्झनामा पार्टीले हरेक वर्ष स्मृति दिवसका रुपमा श्रद्धाञ्जली सभा गर्दै आएको छ ।
नेकपा झापाले आयोजना गरेको उक्त वृहद स्मृति सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टी अध्यक्षद्वय, वरिष्ठ नेता खनाल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्कृति पार्क सालबारीमा शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । शहीदको शालिकमा माल्यार्पण पछि बिर्तामोडको सुगम पेट्रोल पम्प नजिकैको खुला मैदानमा वृहत श्रद्धाञ्जली सभा गरिने तय भएको अध्यक्ष पाठकले जानकारी दिएका छन् ।
यसैबीच, नेकपा १ नम्बर प्रदेश कमिटीको बैठक फागुन १९ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम २० गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको नेकपा झापाका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख मणिकुमार साम्पाङले जनाएका छन् ।
साम्पाङका अनुसार प्रदेश कमिटीको बैठकमा १ नम्बर प्रदेश अन्तरगतका नेकपा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहनेछ । यस्तै २० गतेको प्रशिक्षणमा १४ वटा जिल्ला कमिटी र बिराटनगर महानगर कमिटीका सचिवालय सदस्यहरु सहभागी हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
नेकपा झापा जिल्ला प्रचार विभागको आज सम्पन्न बैठकले २१ गतेको स्मृति सभालाई वृहत बनाउन झापासहित छिमेकी जिल्लाका पार्टी कार्यकर्तालाई सहभागिताका लागि आव्हान गर्ने निर्णय भएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सन्तोष आचार्यले जनाएका छन् ।

भागका उपप्रमुख सन्तोष आचार्यले जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेकपाले फागुन २१ मा सुखानी शहीद स्मृतिसभा गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img