Homeसमाचारबहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव विर्तामोडमा

बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव विर्तामोडमा

झापा १४ फागुन । नेपालीे कला र संस्कृतिको संरक्षणका, संवद्र्धन र प्रवद्र्धन गर्दै त्यसको महत्वलाई विश्वभर पुर्याउने उद्देष्य राखेको ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले यही फागुनमा झापामा बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।
पर्यटन वर्षलाई लक्षित गरि आयोजना गर्न लागिएको महोत्सव फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने अर्गनाइजेसनका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य उद्देश्य बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनलाई जोडेर एकै थलोमा कार्यक्रम गर्नु रहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
महोत्सवमा नेपालमा विलय हुँदै गएका साधन श्रोत तथा कलाकृतिको जगेर्ना गर्नु तथा पर्यटन बर्ष २०२० लाई सफल पार्न प्रदेश नं.–१ का सबै पर्यटकिय स्थालको आन्तरिक तथा बाह््य पर्यटक सामू ब्यापक प्रचार–प्रसार गर्नु रहेको बुढाथोकीले बताउनु भयो ।
महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, धर्मदास बुढाथोकी (वरिष्ठ भजन गायक) राजनराज शिवाकोटी, मनोज गजुरेल, मेनुका पौड्याल, प्रितम आचार्य (सारेगमप लिटल च्याम्स) सहित अन्य थुप्रै प्रतिभा कलाकारहरुको सहभागिता रहने बताइएको छ । महोत्सव शुरु हुने दिन फागुन २३ गते कनकाई नदिमा सन्ध्याकालीन गंगाआरती, तथा विर्तामोडस्थित मुक्ति चौकमा दिप प्रज्वलन साथै प्रदेश नं.–१ का धार्मिक स्थलमा १०८ दिप प्रज्वलन गर्ने रहेको छ भने २४ गते सेना तथा प्रहरीको विशेष प्रस्तुति साथमा सबै जातजातिको झाँकी प्रस्तुत तथा महजोडी (मदनकृष्ण र हरिवंश) लाई राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मान, – पर्यटन वर्ष २०२० को पर्यटन सम्बन्धी विशेष प्रस्तुती, हाम्रा पिता पूर्खाले दैनिककीका क्रममा प्रयोग गरेका पुराना घरेलु औजार (ढिकी जाँतो हलो, जुवा, मादल, मुर्चुङ्गा) जस्ता सामग्रीको प्रदर्शन ी गर्ने बताइएको छ ।
त्यसैगरि महोत्सवको अन्तिम दिन फागुन २५ गते आनन्द कार्की, मनोज गजुरेल, राजन शिवाकोटी, धर्मदास बुढाथोकी, प्रितम आचार्य, मेनुका पौड्याल (सारेगम), मेमोरी किङ्ग आदीले आ–आफ्नो विधासंग सम्बन्धित कला प्रस्तुत गर्नेछन् भने भिजिट नेपाल सम्बन्धी स्मारिका तथा प्रोमो सार्वजनिक गर्र्नुका साथै साँझ आध्यात्मिक तथा चेतनामुलक कार्यक्रमको प्रस्तुती रहने आयोजकले जनाएका छन् । पर्यटन, अध्यात्म र बहुसांस्कृतिक मुलुकका मौलिकतालाई जोड्ने कार्यमा क्रियाशील संस्थाले यसअघि पनि काठमाडौंमा उद्देश्य अनुसारका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव विर्तामोडमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img