Homeसमाचारप्रजातन्त्र दिवस मनाइयो

प्रजातन्त्र दिवस मनाइयो

भद्रपुर ७ फागुन । ७० औं राष्ट्रिय प्रजातन्त्रदिवस तथा चौथो निर्वाचन दिवस २०७६ को अवसर पारेर झापामा विविध कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समारोह समिति झापाको आयोजनामा बुधबार सदरमुकाम चन्द्रगढी स्थित लेखनाथचोकमा भेला भएका प्रहरी, शसस्त्र प्रहरी, स्काउट, विद्यालयका विद्यार्थी ,कर्मचारी लगायत जम्मा भएर प्रभातफेरि र ¥यालीका साथ कार्यक्रम सम्पन्न गरिएको थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा पुगेर विविध कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले इतिहासका विभिन्न कालखण्ड पुरा गरी प्राप्त भएको प्रजातन्त्रको उपलब्धीलाई संस्थागत गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक दलहरुलाइ मापन गर्ने र जनताका मौलिक हक अधिकारको सुनिश्चित गर्ने मुख्य आधार प्रजातन्त्र भएको उल्लेख गर्दै यसको संस्थागत विकास र सम्बद्र्धनका लागि सबै सरोकारवाला निकायहरु सचेत रहनुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै निर्वाचन कार्यालय झापाका कार्यालय प्रमुख तुलसीकुमार नेपालले निर्वाचन आयोगले संबिधानमा उल्लेखित अधिकारकारलाइ सुनिश्चित गर्दै कसैले पनि मतदान गर्नबाट बञ्चित हुनुहँुदैन भन्ने मान्यतालाई प्राथामिकतामा राखेर नो भोटको सिद्धान्त कार्यान्वयन गर्न आयोगले बौद्धिक तथा सरोकारहरुसंग छलफल अगाडि बढाएको बताउनुभयो ।
यसैगरी भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रजातन्त्रको संरक्षण र संबद्र्धनका लागि आफुहरु कटिबद्ध भएर लाग्ने बताउँदै आगामी चैत्र मसान्तसम्ममा भद्रपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने योजना भएकोले अभियान सफल पार्न सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समन्वय समितिका अधिकृत गोपाल लिम्बुले गर्नुभएको थियो ।
कार्यक्रममा चन्द्रगढीका स्थानीय विद्यालयहरु, विभुती विद्या मन्दिर र विरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो भने स्थानीय गायिका पवित्रा ओलीले गीत प्रस्तुत गर्नुभएको थियो ।
राणा शासनका विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा नेपाली जनताले गरेको अथक संघर्षपश्चात २००७ साल फागुन ७ गते नेपालमा जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको घोषणा भएको थियो । २०१७ साल पुस १ गते जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति वी.पी. कोइरालालाई नजरबन्द गरी तत्कालीन राजा श्री ५ महेन्द्रले प्रजातन्त्रमाथि कू गर्दै निर्दलीय पञ्चायती ब्यवस्था लागु गरेका थिए ।
२०४६÷०४७ मा पुनः नेपाली कांग्रेसकै नेतृत्वमा भएको बृहद जनआन्दोलनमार्फत देशमा बहुदलीय प्रजातान्त्रिक शासन ब्यवस्था लागु भएको थियो । २०५२ सालमा सशस्त्र युद्धको घोषणासहित तत्कालीन ने.क.पा माओवादीको विद्रोह, २०५८ सालमा राजा विरेन्द्रको वंश नास हुनेगरी भएको राजदरवार हत्याकाण्डपश्चात ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए । एकपछि अर्को गर्दै नागरिकका अधिकार कटौती गर्न थालेपछि ब्यवस्था परिवर्तनमा सशस्त्र युद्धरत माओवादीलाई १२ बुँदे शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएपश्चात २०६२÷०६३ को जनआन्दोलनको आधार तय भएको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निरन्तर १९ दिनसम्मको बृहद जनआन्दोलनपश्चात सातदलले नै मस्यौदा गरेको घोषणाका बुँदा बाचन गरेर राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत जनतामा नै शासनसत्ता सुम्पिएका थिए ।
दुईपटक भएको संविधानसभा निर्वाचनपश्चात जननिर्वाचित प्रतिनिधिले बनाएको नेपालको संविधान जारी भइसकेको छ भने मुलुक संघीय संरचनामा गइसकेको छ । तर आम निर्वाचनबाट ठूलो दलको स्थापित नेकपा नेतृत्वको सरकारले जनआकांक्षा बमोजिम विकास र जनजीविकाका सवालमा उल्लेखनीय कार्य गर्न नसक्दा परिवर्तनप्रति जनता सन्तुष्ट बन्न सकेका छैनन् ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलनपश्चात सरकारले प्रजातन्त्र दिवसमा सार्वजनिक विदा दिन छाडेको छ भने प्रजातन्त्र दिवस नमनाउँदा सर्वत्र आलोचना भएपछि सरकारीस्तरबाटै औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन शुरु गरेको छ । नेपालमा प्रजातान्त्रिक आन्दोलनले सार्थकता पाएको दिनको रुपमा नागरिकहरुले स्वतःस्फूर्त रुपमा प्रजातन्त्र दिवस मनाउँदै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रजातन्त्र दिवस मनाइयो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img