Homeसमाचारअलैंचीको रेसाले बनायो उद्यमी

अलैंचीको रेसाले बनायो उद्यमी

रेजिना गौतम
ताप्लेजुङ ।
आइएनजीओको जागिर । तबल–भत्ता राम्रै हुन्थ्यो । एसएनभी नेपाल, कञ्चनजंघा कन्जरभेजन एरिया प्रोग्राम लगायतका आइएनजीओमा काम गरेकी माया गुरुङ अहिले अलैंचीको रेसासंग मितेरी गाँस्दै उद्यमी भएकी छन् ।
विगत १० वर्षदेखि उनले शुरु गरेको अलैंचीसंगको मितेरी साइनोले अब भने व्यवसायिक रुप लिन थालेको उनले बताइन् । उनीसंगैका साथीहरु कोही आइएनजीओमै जागिर खान गए, कोही वित्तीय क्षेत्रमा संलग्न भए, कोही अन्य व्यवसायमा । ताप्लेजुङकै स्थानीय बासिन्दा रहेकी मायाले भने अलैंचीको रेसामा भविष्य खोज्न थालिन् ।


आफू आइएनजिओको कर्मचारी भएर हिड्दादेखि नै अलैंचीबारे अध्ययन गरेको उनले बताइन । विगत स्मरण गर्दै भनिन्–‘त्यसमा काम गर्दा त्यहाँका समूहलाई स्थानीय श्रोत–साधन र सीपको प्रयोग गर्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिन सक्ने हुनुपर्छ भनिरहँदा आफूचाहिं पछि के गर्ने भन्ने लाग्थ्यो त्यहिबेलादेखि अलैंचीको रेसाको उपयोगिताबारे गाउँमै अध्ययन गर्थे ।’
हिउँद लागेपछि पहाडमा परालको गुन्द्री, पिरा बुन्ने चलन पुरानै हो । गुरुङको तत्कालीन कर्मथलोमा पनि महिलाहरुले उक्त काम गर्ने गरेका थिए । महिलाहरुले गुन्द्रीलाई राम्रो पार्न (बुट्टा निकाल्न) परालको बीच–बीचमा अलैंचीका रेसाको प्रयोग गर्थे जसले गुन्द्री÷पिरा आकर्षक देखिन्थ्यो ।
आकर्षक मात्रै होइन पराल मक्किएर, झुरिएर फाट्दा पनि बुट्टाका लागि प्रयोग गरिएको अलैंचीको रेखा केही नभएको पाएपछि भविष्यमा आफूले त्यसैमा केही गर्ने सोच बनाए अनुसार नै अहिलेको उत्पादन भएको गुरुङले बताइन् । त्यसो त गुन्द्री र पिरामात्र होइन घरमा आफ्नै बुबाले त्यही अलैंचीको रेसाबाट दाम्लो बाटेर गाईवस्तु समेत बाँधेको देखेपछि भने अलैंचीको रेसा बलियो हुँदोरहेछ भन्ने थप विश्वास भएको उनले बताइन् । भनिन्–दाम्लो, गुन्द्री, पिरा हुन्छ भने अरु सामान पनि त बलियो होला भन्ने लाग्यो ।’


२०६८ सालदेखि ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आफूले अलैंचीका रेसा संकलन गर्दै त्यसबाट गुन्द्री, पिरा, डोरम्याट, हेन्ड ब्याग, लगायतका विभिन्न ४०/५० प्रकारका सामग्री निर्माण गर्दै आएको उनले बताइन । तुलनात्मक रुपमा बढी नै टिकाऊ र राम्रो हुने अलैंचीको रेसाबाट बनेको सामानको मूल्य पनि बढी नै रहेको उनको भनाई छ । बढी पानी हुने अलैंचीको रेसा सुकाउनै ठूलो परिश्रम लाग्ने भएपछि त्यसबाट निर्माण गरिएको सामानको मूल्य पनि बढी नै रहेको बताउँदै उनले भनिन्–‘औषधीय गुण भएको अलैंचीबाट बनेका सामानमा कलर गर्नु पर्दैन, डिस्कलर पनि हुँदैन, तर हार्भेष्ट गरेको बेला संकलन गरिने रेसा सुख्खा बनाउनै तीन महिनासम्म सुकाउनु, उठाउनु पर्छ, त्यसैले महंगो पनि छ ।’
प्राकृतिक रुपमै अलैंचीका रेसाको चन्दनको जस्तो रंग देखिने र आफूलाई पनि चन्दन मन पर्ने भएपनि गुरुङले २०६८ सालदेखि चन्दन फाइवरका नामबाट अलैंचीका सामग्री निर्माण गर्दै आएकी छन् । अलैंचीका रेसाको रंग चन्दनको जस्तै हुने र चन्दनको रंग आफूलाई एकदमै मन पर्ने भएका कारण उद्योगको चन्दन फाइवर नामाकरण गरेको उनले बताइन् । १० जना महिलालाई रोजगारी दिएको जानकारी दिएकी गुरुङले बार्षिक १२ लाख भन्दा बढी नै आम्दानी हुने बताइन् । अलैंचीको गुन्द्री, पिरासंगै चन्दन फाइवरले मसला र चिया पनि उत्पादन गर्न थालेको छ ।
अलैंचीका रेसाको उत्पादनबारे अरुलाई बुझाउनै ३/४ वर्ष लागेको बताउँदै उनले भनिन्–बुझाउनै समय लाग्यो, तर अहिले जसले प्रयोग गर्छन् उनीहरुबाट माग आइरहेको छ, अझै पनि धेरैलाई बुझाउनै बाँकी छ ।’ त्यसो त ताप्लेजुङमा बनाइएका सामगी फिनिसिङका लागि काठमाडौंसम्म पुर्याउने झण्झट व्यहोरिरहेकी छन् उनी । फिनिसिङका लागि तालिमको व्यवस्था गरिदिन सरकारलाई गुहारेपनि सुनुवाई नभएको बताउँदै उनले भनिन्–‘हुँदैन भन्दैनन्, ३/४ वर्ष भयो काम पनि गर्दैनन्, सरकार सुन्छ मात्रै काम गर्दैन ।’
अलैंचीको रेसाको प्रयोग गरेर सामग्री निर्माण गर्ने अलैंची उत्पादन हुने देशहरुमै आफू पहिलो भएको भएको गुरुङको दावी छ । स्थानीय स्रोत र साधनबाट उत्पादित सामग्रीको प्रवद्र्धनका लागि राज्य चासो नदेखाए गुरुङले बताइन । पर्यटन वर्ष मनाइरहँदा अलैंचीका उत्पादन नेपालकै पहिचान बन्न सक्ने भएपनि जिल्ला र अन्य क्षेत्रले पनि वेवास्ता गर्दा अलैंचीको रेसाबाट उत्पादित सामग्रीले पर्यटन वर्षमा पनि त्यति धेरै महत्व पाउन नसकेको गुरुङको गुनासो छ । यसले कालोसुनका रुपमा चिनिदै आएको अलैंचीको बहुपयोगिता पुष्टि भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअलैंचीको रेसाले बनायो उद्यमी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img