Homeसमाचार३ महिने ब्युटीपार्लर तालिम सम्पन्न

३ महिने ब्युटीपार्लर तालिम सम्पन्न

झापा ६ माघ । विर्तामोड नगरपालिका वडा नं–६ को सहयोग र ब्युटीपार्लर उपभोक्ता समितिको आयोजनामा सञ्चालित ३ महिने आधारभूत ब्युटी पार्लर तथा केश श्रृङ्गार तालिम सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।


उपभोक्ता समितिका अध्यक्ष गीता बस्नेतको अध्यक्षता तथा विर्तामोड वडा नं–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाको प्रमुख आतिथ्यमा वडा कार्यालयमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वा, विशेष अतिथि वडा महिला सदस्य पवित्रा ढुङ्गाना, पर्शुराम खनाल, शोभा विक, धर्म लक्सम, सञ्चारकर्मीहरु रेजिना गौतम, देवेन्द्र प्रसाई, प्रशिक्षक अर्चना बुढाथोकी प्रशिक्षार्थी सरस्वती ढकाल, अस्मिता भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वाले अझै पनि समाजमा छोराछोरी बीच विभेद रहेको बताउँदै परिवार र सभ्य समाज सञ्चालनमा बढी भूमिका बोकेका छोरीहरुले सीप सिकेर आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यताले वडाले बाटोमात्र देखाएको बताउनु भयो । वडाले रोपेको सीपको विरूवालाई हुर्काएर रोजगार बन्न आग्रह पनि गर्नुभयो ।
वडा सचिव रूकमान थुलुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत गीता विष्टले गर्नुभएको थियो ।
वडा कार्यालयको दुईलाख रुपैयाँ सहयोगमा वडाभित्रका २४ वटा टोलका महिलाहरुको तालिममा प्रतिनिधिमुलक रुपमा सहभागिता रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार३ महिने ब्युटीपार्लर तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img