Homeसमाचार‘उद्योग सञ्चालनको वातवारण’

‘उद्योग सञ्चालनको वातवारण’

विर्तामोड २७ पुस । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले देशमा राजनीतिक अस्थिरता अन्त्य भई स्थिरता कायम भएको र ऊर्जा उत्पादन पनि बढेकाले उद्योग सञ्चालनको वातावरण बनेको बताउनुभएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ र न्यु विजनेश एज प्रा.लि.को आयोजना र विर्तामोड उद्योग बाणिज्य संघको सहआयोजनामा विर्तामोडमा सम्पन्न ब्यावसायिक तथा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया तालिमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रानाले यस्तो धारणा राख्नुभएको हो ।
कृषि पेशाबाट पलायन भएको जनशक्ति औद्योगिक क्षेत्रमा पनि नदेखिएको बताउँदै प्रजिअ रानाले आर्थिक रुपमा सक्रिय जनशक्ति खाडी मुलुक पलायन भएको बताउनुभयो ।
नेपालमा ५७ प्रतिशत जनशक्ति आर्थिक रुपमा सक्रिय रहेको बताउँदै राना मगरले कृषि पेशा र कृषि उद्यमलाई प्रोत्साहन गर्ने योजना अघि सार्नुपर्नेमा जोड दिनुभयो ।


महिलाले घरमा गरेको कामको मूल्याङ्कन नभएका कारण जिडिपीमा योगदान नदेखिएको बताउँदै उहाँले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उद्योग दर्तामा ३५ प्रतिशत, घरघडेरी तथा जग्गा खरिदमा ४० प्रतिशत, उद्योग तथा ब्यवसाय सञ्चालनका लागि वित्तीय कर्जामा छुट दिने योजना सरकारले ल्याएको बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता तथा आर्थिक अभियान दैनिकका सम्पादक मदन लम्सालले महिला उद्यमशील नभएसम्म देशको समग्र विकास असम्भव रहेको बताउँदै आर्थिक सवलीकरणले मात्रै समान सहभागिता सम्भव हुने बताउनुभयो । उहाँले उत्पादन, बजारीकरण, प्रशासन, कच्चा पदार्थ, मजदुर, लगायतका आधारभूत पक्षहरुको सही ब्यवस्थापनले मात्रै उद्यमी सफल हुने हुँदा वित्तीय ब्यवस्थापनमा यी कुराहरु समेट्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत वाणिज्य उपाध्यक्ष प्रकाश शिवाकोटीले र सञ्चालन महासचिव प्रशान्त भण्डारीले गर्नुभएको थियो । कार्यक्रम विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले आफूले सञ्चालन गरेको उद्योग, उत्पादन, बजारीकरण तथा वित्तीय ब्यवस्थापनका समस्या र चुनौति प्रस्तुत गरेका थिए ।
महिलाहरुलाई उद्योग सञ्चालनमा देखिएका समस्या, चुनौति र वित्तीय ब्यवस्थापनका बारेमा छलफल गर्दै अनुभव साटासाट गर्ने उद्देश्यले देशभरका १० स्थानमा ब्यावसायिक तथा वित्तीय साक्षरता तालिम सञ्चालन गरिने आर्थिक अभियानका टि.पी. भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार झापाबाट कार्यक्रमको शुरुवात गरिएको हो ।
अभियानका क्रममा सहभागी उद्यमी महिलाहरुले सञ्चालन गरेको उद्योग र सफलताका आधारमा द्यष्श द्यगकष्लभकक कगmmष्त ७ भ्हअभििभलअभ ब्धबचमक २०२० का लागि उत्कृष्ठ महिला उद्यमी समेत छनौट गरिने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘उद्योग सञ्चालनको वातवारण’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img