Homeसमाचारजलकन्यामा शिवपुराण, शंकराचार्य गिरीलाई अभिनन्दन

जलकन्यामा शिवपुराण, शंकराचार्य गिरीलाई अभिनन्दन

झापा २७ पुस । अनन्त श्री विभूषित साध्वी शंकराचार्य हेमानान्द गिरी महाराजले संस्कृत भाषालाई अन्तरिक्षले स्वीकार गरेको बताउँदै विश्वले संस्कृत भाषाको अध्ययन अध्यापन र सनातन धर्मलाई स्वीकार गर्न थालेको बताउनुभएको छ ।
स्वधर्ममा बाँच्नु नै सनातन धर्म हो र सनातन धर्मका बीज हामी हौं भन्नुहुँदै महाराजले धर्मान्तरणले मानिसलाई अफ्ठ्यारोमा लैजाने हुँदा स्वधर्ममा बाँच्न सबैलाई आह्वान गर्नुभयो ।
अर्जुनधारा नगरपालिका–१० स्थित जलकन्या देवी मन्दिर समितिको आयोजनामा आयोजित एकादश दिवसीय श्री शिव महापुराणको समुद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट आशीर्वचन दिनुहुँदै उहाँले मरेपछि स्वर्ग जाने कल्पनाले मानव निरर्थक बन्ने हुँदा स्वर्गलाई पृथ्वीमा अवतरण गराउन प्रयत्न थाल्नुपर्नेमा जोड दिनुभयो ।


संस्कार संस्कृतिको संरक्षण गर्नु, श्रेष्ठ आचरण, मर्यादा, संस्कारित जीवनशैली, सेवा, साधना, जप, ध्यान र योग साधना तथा नियमित मन्त्र साधनाले आलोकित जीवन नै सर्वश्रेष्ठ ठहरिने उल्लेख गर्दै उहाँले सनातन सभ्यतालाई अंगाल्न आह्वान समेत गर्नुभयो ।
शंकराचार्यपीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडाले श्रुति (वेद), स्मृति (पुराण, उपपुराण), सदाचार र आत्मसन्तुष्टी हुने परसेवामा समर्पित कार्य नै धर्म र देवता भएको बताउँदै सनातन धर्म विर्सिएर समाज र राष्ट्रको समुन्नति नहुने धारणा राख्नुभयो ।
‘हाम्रा ऋषिमुनीहरुले पुष्पक विमान, कामक विमान बनाएर इच्छाएको ठाउँमा अवतरण गराएको कथा हाम्रा वेदादि ग्रन्थहरुमा छन् । वेदमा नभएको कुरा विज्ञानमा छैन’ आचार्य खतिवडाले भन्नुभयो–तर हामीले तिनीहरुको प्रचार गरेनौं, परायाले आविष्कार गरेको यानको मात्रै चर्चा ग¥यौं । सनातनको अपमान र परायाको सम्मान गर्ने प्रबृत्तिले हाम्रो समुन्नति सम्भव छैन ।’
साधना, तपस्या र निष्ठाले मात्रै शंकराचार्य पद प्राप्ति हुने धारणा राख्दै उहाँले महिलाले शंकराचार्य पद प्राप्त गरेकोमा तर्कवितर्क गर्नुको सट्टा नेपालले नै गरिमा गर्न लायक शंकराचार्य पदको सम्मान गर्न उहाँले आग्रह गर्नुभयो ।
अर्जुनधारा नगरपालिका–१० का अध्यक्ष बलदेव गोम्देनले जुनसुकै क्षेत्रमा पनि समृद्धि हासिल गर्न अनुशासन आवश्यक हुने धारणा राख्दै ंसंस्कार, संस्कृति र अनुशासन अपरिहार्य भएको धारणा राख्नुभयो ।
नगरमा सुशासन कायम हुन नसक्दा प्रदेश नं–१ कै उत्कृष्ठ नगर हुनबाट अर्जुनधारा नगरपालिका बञ्चित भएको बताउँदै उहाँले भौतिक विकासले मात्रै समुन्नति नहुने धारणा राख्नुभयो ।
पुराण आयोजक समितिका अध्यक्ष पदमलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रथम महिला शंकराचार्य हेमानन्द गिरीलाई अभिनन्दनपत्र र दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो ।
जलकन्या देवी मन्दिर समितिका अध्यक्ष बखतबहादुर कटुवालले मन्दिरको ऐतिहासिक पक्षसहित अहिलेसम्म गतिविधिका बारेमा जानकारी गराउनुभएको कार्यक्रममा स्वागत चन्द्रशेखर दाहाल र सञ्चालन ओमप्रकाश भट्टराइले गर्नुभएको थियो । सोही कार्यक्रमका बीच जनकन्या कीर्तन मण्डलीले मन्दिरको सहयोगार्थ २५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
आगामी माघ ७ गतेसम्म सञ्चालन हुने शिव महापुराणमा पण्डित नेत्रप्रसाद भट्टराइले प्रवचन गर्नुहुनेछ भने पाठपारायण खगेन्द्र निरौलाले गर्नुहुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजलकन्यामा शिवपुराण, शंकराचार्य गिरीलाई अभिनन्दन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img