बिर्तामोड २७ फागुन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले समितिका २ जना जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईले आज एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिनुभएको हो ।
पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई), दिपिन्द्र थापा .(गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा जिल्ला सदस्यद्वयसहित क्षेत्रीय प्रतिनिधिहरुले केही समय अघिदेखि पार्टीहित बिपरित गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेद्वारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेद्वारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि निष्काशनको कारबाही गरिएको जनाइएको छ ।
नेपाली कांग्रेस झापाद्वारा जिल्ला सदस्यसहित ५ जनालाई निष्कासन

































































































