बिर्तामोड १५ फागुन । झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेसकी उम्मेद्वार सरिता प्रसाईले युवाको भावना बुझ्न सक्ने पार्टी नेपाली कांग्रेस भएको बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रीय प्रचार समितिले गरेको कार्यक्रममा बोल्दै प्रसाईले राष्ट्रिय तथा अन्तराष्ट्रि परिवेश बुझ्न सक्ने युवाहरु कार्यसमितिमा रहेको स्पष्ट पार्दै उहाँले भावना बुझ्ने पार्टीलाई निर्वाचनका उम्मेद्वारलाई भोट हाल्नका लागि आह्वान गर्नुभयो ।

क्षेत्रीय प्रचार समितिका संयोजक खगेन्द्र मैनालीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा बोल्दै प्रसाईले प्रविधि मैत्री संसार भइसकेको अवस्थामा युवाको चाहना बुझेर युवाको भावना अनुसार काम गर्न सक्ने पार्टी कांग्रेस भएको उल्लेख गर्नुभयो । युवाको भावना, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई बुझ्न सक्ने बुझेका र देशभित्र पनि ताप्लेजुङदेखि दार्चुलासम्म बुझेका युवा कांग्रेसको कार्यसमितिमा रहेको बताउँदै प्रसाईले युवाको भावना अनुसार देशको अर्थतन्त्रलाई कसरी अघि बढाउने, शिक्षा नीति कस्तो बताउने, स्वास्थ्य सेवा कस्तो बनाउने, पर्यटन प्रवद्र्धनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर कानून निर्माण गर्न सकिने स्पष्ट पार्नुभयो ।
झापा क्षेत्र नं. २ मा कृषि उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै कृषि बजारको व्यवस्थापनका गर्ने, शिक्षा र स्वास्थ्यको हब रहेको बिर्तामोडका सामुदायिक विद्यालयको शिक्षाको स्टाण्र्डडलाई पनि नीजि सो सरह बनाउन नीतिगत व्यवस्था गर्न, स्वास्थ्य क्षेत्रलाई अझ राम्रो बनाउने, युवा तथा महिला स्वरोजगारका क्षेत्रमा काम गर्ने बताउनु भयो । गाउँका महिलाहरुलाई स्वरोजगार बन्नका लागि सहयोग गरेका साथै स्वरोजगार बनेका दिदीबहिनीले आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय रुपमा बजारीकरणमा भूमिका खेलेर ग्रामिण क्षेत्रका महिलाहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारीकरण गर्न भूमिका खेल्ने बताउनु भयो ।
१८ जना प्रतिष्पर्धामा रहेको क्षेत्र नं. २ मा चुनावी मैदानमा रहेका सबै समान प्रतिष्पर्धी रहेको बताउँदै प्रसाईले महिला तथा युवाको भावना बुझ्न सक्ने कांग्रेसको चुनाव चिन्ह्र रुखमा मतदान गर्न आग्रह गर्नुभयो । सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक तर्फका उम्मेद्वार उमा शिवाकोटी, मनमाया विश्वकर्मा, सुधिरकुमार शिवाकोटी, उद्धव थापा, कृष्ण हुमागाँई लगायतको उपस्थिति रहेको थियो ।



















