HomeFeatured 2राजेन्द्रका प्रतिबद्धता

राजेन्द्रका प्रतिबद्धता

भद्रपुर १५ फागुन । सुशासन कायम गर्ने र भ्रष्टाचार विरुद्धको युवाहरुको आन्दोलनको भावनालाई पूर्णत आत्मसात गर्दै बद्लिएको कांग्रेस लिएर नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ । परिणाममुखी नीति, असल नियत र प्रभावकारी नेतृत्वसहित नागरिकसमक्ष उपस्थित भएको कांग्रेसले देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १०६ स्थानमा नयाँ अनुहारलाई उम्मेद्वार बनाएको छ । तिनैमध्येका एक हुन्–झापा क्षेत्र नं–३ का प्रत्यक्षतर्फका उम्मेद्वार राजेन्द्रकुमार घिमिरे । ऐतिहासिक गौरव, वर्तमानमा जिम्मेवारी र उज्यालो भविष्यका लागि मुख्य १० भिजनसहित जनजीविका परिवर्तनका सवाल लिएर नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ । साथै शाहशिला र हिम्मतीला युवा गगन थापालाई प्रस्तावित प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
नेपाली कांग्रेसले केन्द्रबाट जारी गरेको प्रतिज्ञापत्रमा निर्दिष्ट विषय तथा स्थानीय भूगोलका आवश्यकता, योजना र भविष्य समेटेर तयार पारिएको स्थानीय प्रतिज्ञापत्रसहित राजेन्द्रकुमार घिमिरे अहिले घरदैलो अभियानमा छन् ।
जनताको घरदैलोमा पुगेर स्थानीयको समस्या सुन्दै पूरा गर्न प्रयास गर्ने प्रतिबद्धतासहित मत मागिरहेका राजेन्द्रले शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि तथा पर्यटन, श्रम, रोजगार, जनकल्याण तथा सुशासन, पूर्वाधार विकास लगायत क्षेत्रमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
बुवा नन्दकुमार र आमा रेनुकादेवी घिमिरेका कोखबाट जन्मिएका राजेन्द्रले ब्यवसाय, कृषि, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाइरहेका छन् । २०१८ सालमा जन्मिएका उनी लगभग १६–१७ बर्षकै उमेरमा नेपाली कांग्रेसले लिएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचारधारामा आबद्ध भए । २०३६ सालमा बहुदलीय ब्यवस्था र निर्दलीय ब्यवस्थाका विषयमा भएको जनमत संग्रहताका खुलेर बहुदलका पक्षमा प्रचार–प्रसार गरेर हिडे । राजनीतिक दल प्रतिबन्धित पञ्चायती ब्यवस्थामा त्यसकै विरुद्ध लागेर कांग्रेसको राजनीति गर्नु निकै जोखिमपूर्ण थियो । तर राजेन्द्रसहितका समकालीनहरुले त्यो जोखिम उठाए र नागरिहरुले बहुदलीय ब्यवस्था, अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्र भोग्न पाइरहेका छन्–अहिले । शैक्षिक बर्ष २०३७÷०३८ मा भएको स्ववियु निर्वाचनमा नेविसंघको प्रतिनिधित्व गर्दै सबैभन्दा बढी मत ल्याएर मेची क्याम्पस स्ववियु सदस्यमा विजयी भए उनी । २०३८ सालमा कांग्रेसका अग्रज नेताहरुको सहभागितामा भएको ‘इलाम शिविर’, काठमाडौंमा भएको सत्याग्रहमा सहभागी भएका उनी २०४६ को जनआन्दोलनताका तत्कालीन झापा क्षेत्र नं–१ बाट क्षेत्रीय संयोजकको भूमिकामा थिए । राजनीतिक ब्यानर देखाएर भन्दा संघसंस्थाको ब्यानर देखाएर आन्दोलनमा होमिन सहज देखिएको त्यससमय उनले ‘जयनेपाल क्लव’ उनकै अध्यक्षतामा गठन गरे र सोही क्लवको ब्यानरमा बहुदलीय ब्यवस्थाका लागि भएको आन्दोलनमा सक्रिय भए । झापाको कलबलगुरीमा भएको पार्टीको आठौं महाधिवेशनमा आवास ब्यवस्थापनमा अग्रज नेता जितबहादुर पुरीसँगै खटिएका राजेन्द्र नवौं महाधिवेशनबाट भद्रपुर नगर समितिको सभापति बने । त्यससमय अढाइ महिनामा नगर पार्टी कार्यालय भवन बनाउन सफल उनको कार्यक्षमताको प्रसंशा भएको पुराना कांग्रेस नेताहरु बताउँछन् । पार्टीको चौधांै महाधिवेशनपछि नेपाली कांग्रेस सामाजिक संघसंस्था समन्वय विभागको केन्द्रीय सदस्य मनोनित भएका उनको सामाजिक छवी बेग्लै छ ।
२०४९ मा भएको स्थानीय तह निर्वाचनमा भद्रपुर वडा नं–१५ को वडाअध्यक्ष विजयी भएका उनी २०५४ सालमा नेपाली कांग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाको उपमेयरको उम्मेद्वार थिए । उनी २०७९ मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पदका लागि उम्मेद्वार भएका थिए । झापा उद्योग बाणिज्य संघको सदस्य हुँदै दुई कार्यकालसम्म अध्यक्ष हुँदा उनले थुप्रै ब्यवसायीको हित र ब्यवसायिक प्रवद्र्धनका लागि उदाहरणीय कार्य गरे । त्यस समय जिल्लाभरका १२ शाखाहरुको मातृ शाखाको रुपमा रहेको झापा उद्योग बाणिज्य संघमार्फत उनले सबैलाई सक्रिय र प्रभावकारी सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलेको ब्यवसायीहरु बताउँछन् ।
२०६३ सालमा अलैंची ब्यवसायी महासंघ गठन गरेर अलैची किसान र ब्यवसायीहरुका समस्या समाधानमा दुई कार्यकालसम्म सक्रिय राजेन्द्रकुमार अहिले जनसेवा गर्ने सोचसहित नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नं–३ को चुनावी मैदानमा छन् । कचनकबलका ७ वडा, भद्रपुरका ८ वडा, हल्दिबारीका ५ वडा, बाह्रदशीका ७ वडा र विर्तामोडको एउटा वडा रहेको झापा क्षेत्र नं–३ मा उनीसँगै विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी १७ जना उम्मेद्वार प्रतिष्पर्धामा छन् ।
घिमिरेले स्थानीय भूगोलको आवश्यकतालाई समेटेर क्षेत्रभित्रका शिक्षण संस्थाहरुलाई गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने प्राविधिक, ब्यवसायिक र रोजगारमूलक शैक्षिक केन्द्र बनाउने, खेलकुदका पूर्वाधार निर्माण गरी युवाहरुको आकर्षणको केन्द्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘प्रादेशिक अस्पताल भद्रपुरलाई स्रोतसाधन सम्पन्न बनाउँदै मेडिकल कलेजको रुपमा स्तरउन्नति गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा क्षेत्रबासीको पहुँच विस्तार गर्दै सर्वसुलभ बनाउने, कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाउन, कृषि औजार र मलखादको सहज आपूर्ति, प्रत्येक पालिकामा कृषि उपज संकलन केन्द्र स्थापना, साना चिया किसान, उद्यमी र चिया श्रमीकको त्रीपक्षीय समस्या समाधान गर्न पहल गर्ने, प्राङ्गारिक खेती प्रविधिलाई प्रोत्साहन गर्न आवश्यक कदम चालिनेछ’–उनले भने–‘ यस निर्वाचन क्षेत्र भित्रका सामाजिक, सांस्कृतिक, भाषिक तथा धार्मिक आस्थासँग सम्बन्धित विभिन्न स्थलहरुको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक कदम चालिनेछ।’
विश्व जैविक विविधतामा परेको चारकोसे जंगलको संरक्षण र प्रवद्र्धन, ऐतिहासिक स्थल किच्चकबध, कचनकबल, विराटपोखर, लगायत क्षेत्र नं–३ मा पर्ने धार्मिक मठमन्दिर, पर्यटकीय स्थलहरुको समुचित विकासमा आवश्यकता अनुसार कार्य गर्ने जनाइएको प्रतिज्ञापत्रमा रोजगारमूलक उद्योगधन्दा, कलकारखाना स्थापनाका र स्थापित उद्योगधन्दाहरुको सु–सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्ने, चिया श्रमिक तथा अन्य सबै क्षेत्रका मजदुरहरुको रोजगारीको सुरक्षा तथा वृत्ति विकासका क्षेत्रमा आवश्यक काम गर्ने जनाइएको छ ।
आफू निर्वाचित भएमा निर्वाचन क्षेत्रका महिला, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, लोपोन्मुख जाति, आदिवासी, जनजाती लगायत सबै नागरिकसँग नियमित संवादका लागि सांसद सम्पर्क कार्यालय स्थापना र समन्वय गरी यस क्षेत्रका आम नागरिकको हित सम्बोधन गर्न, भ्रटाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न, क्षेत्रभित्रका सार्वजनिक संस्थाहरुमा भागवण्डा तथा दलीयकरण अन्त्य गर्न उचित भूमिका निर्वाह गर्ने जनाइएको छ । यसैगरी सांसद विकास कोषको सञ्चालनमा पारदर्शिता, आफूले निर्वाह गरेको भूमिकाका बारे नियमित नागरिक सुनुवाई र प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता पनि प्रतिज्ञापत्रमा उल्लेख छ ।
क्षेत्र नम्बर–३ कै गौरवको रुपमा रहेको भद्रपुर–८ स्थित निर्माणाधिन जी.पी. (गिरिजाप्रसाद कोइराला) स्मृति भवन निर्माण, भद्रपुर तथा केचना भन्सारको स्तरोन्नति, नदी कटान नियन्त्रणका लागि आवश्यकता अनुसार तटबन्धन निर्माण, झोलुङ्गे पुल निर्माण, जंगली हात्तीबाट सिर्जित जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्ने प्रतिबद्धता उम्मेद्वार घिमिरेले जनाएका छन् ।
तीनै तहका सरकारसँगको समन्वयमा आवश्यकताको प्राथमिकता निर्धारण गरी क्षेत्रभित्रका कच्ची सडकहरुको स्तरउन्नति र पक्की बनाउन पहल, सामुदायिक, सरकारी बन, सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन लगायतका विषयलाई प्राथमिकतामा राखेका राजेन्द्रले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ रुख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी बनाउन पनि प्रतिज्ञापत्रमार्फत आम मतदातालाई अपिल गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राजेन्द्रका प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img