बिर्तामोड २४ माघ । नेवा: पासा मुना पुच बिर्तामोडको भातृ संस्था नेवा: मिसा पुच र नेवा: ल्याम्ह पुच: को नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार बिर्तामोडमा संयुक्त रूपमा आयोजना गरिएको नेवा : मिसा पुच: को तेस्रो र ल्याम्ह पुच चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
नेवा: मिसा पुच:को अध्यक्ष सारदा मास्के, उपाध्यक्ष रोमि बैध, सचिव जानुका प्रधान,सह सचिव लिला श्रेष्ठ, कोषाध्यक्ष निर्मला ढंगोल,सह कोषाध्यक्ष सृजना श्रेष्ठ मानन्धर, सदस्य सन्जु प्रधान,सोना श्रेष्ठ, जानुका श्रेष्ठ, सुनिता श्रेष्ठ ,पुजन श्रेष्ठ, उमा मास्के, सुनिता मानन्धर सम्मिलित १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यसैगरी नेवा :ल्याम्ह पुच: अध्यक्ष रेगन शाक्य, उपाध्यक्ष विवेकशील हलुवाई, सचिव सेविका श्रेष्ठ,सह सचिव स्मृति राजभण्डारी, कोषाध्यक्ष एलिसा श्रेष्ठ, सहकोषाध्यक्ष प्रवल बैध, सदस्य उर्मिला प्रधान, रितेश श्रेष्ठ,रोसब श्रेष्ठ ,रेनिशा श्रेष्ठ, विक्रम श्रेष्ठ सम्मिलित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेवा: मिसा पुच अध्यक्ष निलम प्रधानले सांगठनिक र कोषाध्यक्ष सारदा मास्केले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने ल्याम्ह पुच अध्यक्ष गम्भीर रत्न शाक्यले सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
मिसा पुच अध्यक्ष प्रधान र ल्याम्ह पुच अध्यक्ष शाक्यको संयुक्त अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि नेवा: पासा मुना पुच: अध्यक्ष दिनेश श्रेष्ठको रहनुभएको थियो।
ग्वाली पुच अध्यक्ष प्रभात मानन्धर,पासा मुना पुच: निबर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, पुर्व अध्यक्ष श्याम कुमार ताम्राकार, कृष्ण उदास लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे
सञ्चालन मिसा पुच का सचिव दिपा श्रेष्ठले गर्नुभएको थियो।
पासा मुना पुच पुर्व अध्यक्ष, सल्लाहकार, कार्य समिति सदस्यहरु, एरिया कमिटी संयोजक ,सदस्यहरू, ल्याम्ह पुच दमकका अध्यक्ष समिर शाक्य, नेवा: मिसा खल काकडभिट्टा अध्यक्ष सरिता जोशी लगायत पासा मुना पुच सदस्यहरूको उपस्थिति रहेको थियो।
नेवा: मिसा पुच र ल्पाम्ह पुच : नयाँ कार्यसमिति चयन



















