Homeसमाचारमित्रवत प्रतिष्पर्धा र नैतिकताको राजनीति आवश्यकता

मित्रवत प्रतिष्पर्धा र नैतिकताको राजनीति आवश्यकता

बिर्तामोड ४ माघ । मानव अधिकार तथा शान्ति समाज झापा शाखाको आयोजनामा विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘शत्रुताविहीन आचरण, मित्रवत प्रतिष्पर्धा र घोषित समयमै निर्वाचन’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा वर्तमान राजनीतिक र सामाजिक चुनौतीहरूका बारेमा गहन छलफल भएको थियो।
वर्तमान परिप्रेक्ष्यमा देशको संक्रमणकालिन अवस्थालाई निकास दिनका लागि तोकिएकै मितिमा निर्वाचनको अपरिहार्यता रहेको मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले बताउनु भयो । समयमै निर्वाचन नहुँदा संवैधानिक रिक्तता र अस्थिरता बढ्ने तर्फ सचेत गराउँदै मुख्य वक्ता समेत रहनु भएका पहाडीले संविधानको प्राणलाई जीवितै राखेर संशाोधन गर्नुपर्ने बताउनु भयो । राजनीतिक संस्कार स्वस्थ लोकतन्त्रका लागि राजनीतिक दलहरूबीच मित्रतापूर्ण व्यवहार हुनुपर्नेमा जोड दिंदै पहाडीले मित्रवत प्रतिष्पर्धा र नैतिकताको राजनीति आजको आवश्यकता औल्याउनु भयो । संविधान संशोधन र सद्भावस् देशको आवश्यकता अनुसार संविधान संशोधन गरी सबै पक्षलाई समेट्न र सामाजिक सद्भाव प्रवर्द्धनका लागि सबैले आ(आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्दै सामाजिक सञ्जाल र सूचना प्रविधिको बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै यसको विवेकसम्मत र जिम्मेवार प्रयोगका लागि जोड दिनुभयो ।
सो अवसरमा चर्चित कवि अर्जुन पराजुलीले कवितामार्फत राजनीतिक विसंगतिमाथि प्रहार गर्दै सहभागीहरूलाई सन्देश दिनुभएको थियो। सहभागिता र जिज्ञासास् कार्यक्रममा बद्री भट्टराई, कविता बास्तोला र देवी भण्डारी लगायतले समसामयिक विषय, मानव अधिकार र निर्वाचनको वातावरणबारे जिज्ञासा राख्नुभएको थियो।
सभापतित्व उक्त कार्यक्रम मानव अधिकार तथा शान्ति समाज झापा शाखाका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गर्नुभएको थियो भने स्थानीय संघसंस्था, बुद्धिजीवी, प्राध्यापक, पत्रकार, शिक्षक विद्यार्थीको प्रतिनिधित्व रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमित्रवत प्रतिष्पर्धा र नैतिकताको राजनीति आवश्यकता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img