Homeसमाचारनेविसंघद्वारा नेपालको नक्सा सार्वजनिक

नेविसंघद्वारा नेपालको नक्सा सार्वजनिक

विर्तामोड ४ पुस । नेपाल विद्यार्थी संघ झापाले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रसहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । झापाको विर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि आयोजित विरोध र्याली तथा कोणसभाका बीच नक्सा सार्वजनिक गरिएको हो । प्रमुख अतिथिका रुपमा नक्सा सार्वजनिक गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्धनराज काफ्लेले आफ्नो स्वास्थ्य खराव भएपनि देशको स्वास्थ्य नविगार्न प्रधानमन्त्री के.पी. ओलीलाई सुझाव दिए ।
‘मेरो आयु र मेरो स्वास्थ्य प्रधानमन्त्रीलाई दिन म तयार छु’ काफ्लेले भने–‘तर राष्ट्रिय स्वाधिनता, सीमा सुरक्षामा दरो भएर उभिनुस् ।’ राष्ट्रिय अखण्डताका लागि विद्यार्थीको आवाजलाई कम नआँक्न चुनौति दिदै नेता काफ्लेले सीमा सुरक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे ।


ने.वि.संघ झापाका सभापति राजेन्द्र उप्रेतीले कम्युनिष्टहरु ढाँटेर राजनीति गर्न माहिर रहेको बताउँदै निर्वाचन अगाडि राष्ट्रियताका पक्षमा वर्तमान प्रधानमन्त्री के.पी. ओलीसहित कम्युनिष्ट नेताले दिएको अभिब्यक्ति र अहिले सीमा मिचिदा देखाएको लाचारीपनले उनीहरुको चरित्र उदाङ्गो हुने धारणा राखे ।
ने.वि.संघ केन्द्रीय सदस्य सन्तोष उप्रेती, झापाका प्रवक्ता सञ्जय निरौलालगायले विरोधसभामा मन्तब्य राख्दै सीमा सुरक्षा र मिचिएको नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल थाल्न सरकारले गरेको ढिलाई र देखाएको उदासिनताप्रति रोष प्रकट गरेका थिए ।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित लगभग तीनसय ९४ बर्ग कि.मि. क्षेत्रफल आफ्नो नक्सामा समेट्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल विद्यार्थी संघ झापाले भारतीय विस्तारवाद र सीमा सुरक्षामा नेपाल सरकारले देखाएको उदासिनताको विरोध गर्दै प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको हो ।


झापाको विर्तामोडका निजी तथा सामुदायिक कलेजमा अध्ययनरत कक्षा–११ र १२ का हजारौं विद्यार्थीहरुको उपस्थितिमा विभिन्न नाराबाजीसहित को ¥यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।
हाम्रो माटो हाम्रो देश–प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद–मुर्दावाद, मोदी सरकार–मुर्दाबाद, भारतीय हस्तक्षेप– बन्द गर, लिपुलेक कालापानी लिम्पियाधुरा–हाम्रो हो, के.पी. ओली नेतृत्वको सरकार–मुर्दाबाद लगायतका नारासहित हनुमान कम्प्लेक्स अगाडिबाट निकालिएको ¥याली विर्तामोड बजार परिक्रमापछि हनुमान कम्प्लेक्समै गएर कोणसभामा परिणत भएको थियो ।
‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’, ‘माछी मार्न जाउन दाजै कालापानीमा’ लगायतका स्वदेशगान बजाएर राष्ट्र र राष्ट्रियताप्रति सम्मान तथा सिमा सुरक्षाका लागि ऐक्यवद्धता जनाएका विद्यार्थीहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चित्र कागजमा तयार पारेका थिए ।
उक्त चित्र संकलन गरेर राष्ट्रपतिसमक्ष पु¥याई नेपाली भूगोलको एकचिम्टी पनि माटो नमिचिने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्ने ने.वि.संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए । उनले उक्त चित्र सम्पूर्ण विद्यार्थीहरुबीच तथा समाजमा पनि सार्वजनिक गरेर प्रत्येक नेपालीलाई आफ्नो भूगोलबारे जानकारी गराउन विद्यार्थीहरुलाई आग्रह पनि गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेविसंघद्वारा नेपालको नक्सा सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img