Homeसमाचारमध्यरातमा हात्ती आक्रमणबाट तामाङको घर ध्वस्त

मध्यरातमा हात्ती आक्रमणबाट तामाङको घर ध्वस्त

झापा ४ पुस । मध्यरातमा गाउँ प्रवेस गरेको जंगली हात्तीले विर्तामोड नगरपालिका–६ का इन्द्रबहादुर तामाङको घर पूर्ण रुपमा भत्काएको छ ।
विर्तामोड नगरपालिका–६ शुभविहानी टोल निवासी तामाङको घर हात्तीले पूर्ण रुपमा भत्काएपछि अर्काकै घरमा शरण लिनुपर्ने अवस्थामा पुगेको महिला वडा सदस्य पवित्रा ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार हात्तीको उपद्रोबाट तामाङको झण्डै ४ लाख मूल्य बराबरको क्षति भएको छ ।
विहिबार रातको १ बजे नजिकैको चारआली जंगलबाट गाउँ प्रवेश गरेको हात्तीले तामाङ सेन्टीबेरा गरेको घर भत्काएको हो ।
घरमा भएको धान, चामल लगायत अन्न खानुका साथै बारीमा लगाएको बोटविरुवा समेत सबै नष्ट गरेको पीडित परिवारले जनाएको छ ।
हात्ती गाउँमा पसेको हल्ला भएपछि गाउँले आगो बालेर तथा साईरन बजाएर धपाएको ढुङ्गानाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमध्यरातमा हात्ती आक्रमणबाट तामाङको घर ध्वस्त
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img