HomeFeatured 2लेखापढी कानुन व्यवसायीलाई प्रविधि मैत्री हुन सुझाव

लेखापढी कानुन व्यवसायीलाई प्रविधि मैत्री हुन सुझाव

भद्रपुर २६ पुस । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति झापाको ११ औं अधिवेशन तथा १९ औं बार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष लावण्य कुमार पोखरेलको अध्यक्षता तथा झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेश प्रसाद लुईटेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसमा बोल्दै प्रमुख अतिथि लुईंटेलले व्यवसायीले कम्प्युटर प्रणालीमा जान आवश्यक रहेको बताउदै सेवाग्राहीको काम गर्दा अदालतको गरिमा बढाउने गरि कागज र प्रमाणको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । सेवा प्रवाहमा प्रविधि अपरिहार्य भएको उल्लेख गर्दै लुईँटेलले व्यवसायीहरुलाई प्रविधि मैत्री सेवा प्रवाहमा जोडिन सुझाव दिनु भएको हो ।
समितिका अध्यक्ष पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश निरौला, पूर्व कोशी प्रदेश संयोजक युवराज कार्की , संस्थापक रामचन्द्र भट्टराई लगायतले कक्षा १२ मा उत्कृट अंक प्राप्त गर्ने छात्रछात्रा , अग्रज लेखापढी व्यवसायी, कर्मचारी लगायत १२ जना बढीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा भुमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख लेवलकस्यप अधिकारी , समितिका केन्द्रीय उपाध्यक्ष गोविन्द पोखरेल ,समितिका पूर्व अध्यक्ष रमेश पोखरेल, कन्चन न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।
पोखरेलको अध्यक्षता तथा समिति सचिव मुरारी न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष निरौलाले गर्नु भएको थियो । समितिले आगामी सोमबार नयाँ कार्य समिति समेत चयन गर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लेखापढी कानुन व्यवसायीलाई प्रविधि मैत्री हुन सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img