HomeFeatured 2पराजुली समाज नेपाल बिर्ता-अर्जुनको सातौं वार्षिक साधारण सभा सम्पन्न

पराजुली समाज नेपाल बिर्ता-अर्जुनको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिर्तामोड २६ पुस । पराजुली समाज नेपाल बिर्ता अर्जुन नगर कमिटीको सातौं वार्षिक साधारण सभा बन्धु भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
पराजुली समाज नेपाल बिर्ता अर्जुन नगर कमिटीले सालबाडी झिलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सातौं बार्षिक साधारण सभा बन्धु भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
नगर कमिटीको सातौं बार्षिक साधारण सभामा अध्यक्ष खयाम राज पराजुलीले भावी योजना सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव युवराज पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ‌ ।
कार्यक्रममा पराजुली समाजलाई योगदान दिने पराजुली समाज केन्द्रीय सदस्य काशी पराजुलीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो भने कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्रा कविन पराजुलीलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
नगर कमिटी अध्यक्ष ख्यामराज पराजुलीको अध्यक्षता तथा पराजुली समाज नेपाल झापा जिल्ला अध्यक्ष गणेशप्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य काशीनाथ पराजुली, प्रदेश उपाध्यक्ष धनकुमारी पराजुली रहनुभएको थियो।
पराजुली समाज नेपाल बिर्ता अर्जुन नगर कमिटीले तीज मिलन , बन्धु सहयोग , क्यान्सर पिडितलाई सहयोग, साथै गत साल पिता औंशीका दिन ८० बर्ष माथिका पिताहरूलाई घर घरमा पुगेर सम्मान गरेको थियो।
यस समाजमा १ सय २५ घर पराजुली बन्धु आबद्ध रहेको बताईएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पराजुली समाज नेपाल बिर्ता-अर्जुनको सातौं वार्षिक साधारण सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img