HomeFeatured 2माई खोलाको पुल नजिकै शंकास्पद बस्तु राखेर आतंक फैलाउने खरेल पक्राउ

माई खोलाको पुल नजिकै शंकास्पद बस्तु राखेर आतंक फैलाउने खरेल पक्राउ

बिर्तामोड २५ पुस । पूर्व पश्चिम लोकमार्ग अन्तरगत कनकाई पुल नजिकै शंकास्पद बस्तु राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् ।
खरेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु चारआलीस्थित अरीदमन गणका नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यस अघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएको प्रहरीले जनाएको छ ।
२०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए ।
पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। खरेलले पछिल्लो केही वर्ष देखि झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएको पाइएपछि २०८१ साल चैत्रमा पक्राउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको पनि प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2माई खोलाको पुल नजिकै शंकास्पद बस्तु राखेर आतंक फैलाउने खरेल पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img