HomeFeatured 2देवी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न

देवी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न

बिर्तामोड १९ पुस । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयले आफ्नो ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयको ऐतिहासिक पृष्ठभूमि र शैक्षिक प्रगतिको चर्चा गरिएको थियो।
समारोहमा विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर सुधारका योजनाहरूमाथि प्रकाश पार्नुभयो। उहाँले विभिन्न पक्षको सहयोगबाट निर्मित ५ कोठे भवन र हालको भौतिक पूर्वाधारले पठनपाठनमा सहजता ल्याएको बताउँदै अझै धेरै काम गर्न बाँकी नै रहेको बताउनु भयो ।
विद्यालयका बालबालिकाले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेको बार्षिकोत्सवमा विद्यालयले सञ्चालन गरेका अतिरिक्त तथा कक्षामा उत्कृष्ठ हुनेलाई सम्मान गर्नुका साथै पुरस्कार प्रदान गरिएको
कार्यक्रममा ३ जना शिक्षकलाई सम्मानसहित विदाई गरिएको थियो । सम्मानसहित विदाई गरिएका शिक्षकहरुमा पदमा पाण्डे, अग्निबहादुर दाहाल र यज्ञप्रसाद दाहाल रहेका छन् । त्यसैगरी दीर्घसेवी पुरस्कारबाट दुर्गाकुमारी उप्रेती र भक्तराज घिमिरेलाई सम्मान गरिएको कार्यक्रममा कर्मचारी धनमाया थापालाई सम्मानसहित विदाई गरिएको विद्यालयका सहायक प्रधानअध्यापक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
विद्यालयको श्रीबृद्धिमा योगदान पुर्याउने दाताहरुको समेत चर्चा गरिएको कार्यक्रममा स्वागत शिक्षक उमेश शाह र सञ्चालन सहायक प्रधानअध्यापक भण्डारीले गरेका थिए । तत्कालिन अवस्थामा रामबाबु प्रसाईले १० कठ्ठा जग्गा र भवन निर्माणका लागि पदमबहादुर गिरी ५० हजार प्रदान गरेसंगै विद्यालयको जग बसेको थियो । प्रारम्भमा अनारमनी प्रावि नाम राखिएको थियो । विद्यालयलाई जग्गा अभाव भएपछि उनै दाता प्रसाईले पछि एक विगाहा जमिन विद्यालयलाई प्रदान गर्नुभएको थियो । सो पश्चात रामबाबुका बुवा लप्टन देवीप्रसाद प्रसाईको नामबाट विद्यालयको नामाकण गरिएको इतिहास पाइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2देवी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img