भद्रपुर ५ पुस । सिद्धान्त बचत तथा ऋण सहकारी संस्था भद्रपुर झापाको १५ औं वार्षिक साधारणसभा सनिबार चन्द्रगढीमा सम्पन्न भएको छ । संस्थाको आफ्नै सभाहलमा आयोजित साधारणसभाको भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले उद्घाटन गर्नुभएको थियो । सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१र ०८२ मा ऋण लगानी लगायतका संस्थाले सञ्चालन गरेका बार्षिक गतिविधिबारे प्रकाश पार्नुभयो । १९७१ शेयर सदस्य रहेको सहकारीको ६१ लाख ३१ हजार ७ सय शेयर रकम रहेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा सहकारीकी संस्थाका नि वर्तमान सचिव ऋषि चापागाईं लगायतका जेष्ठ सदस्य उत्कृष्ट बचत कर्ता ऋणी उत्कृष्ट कर्मचारि लगायतलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष देविमाया प्रधान र संचालन लेखा समिति सदस्य गोविन्द कोईरालाले गर्नु भएको थियो ।



















