बिर्तामोड १ पुस । बित्तीय कारोवारका लागि प्रतिकुल वातावरणका बाबजुद पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ करोड ५ लाख मुनाफा आर्जन गरेको जनाएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २९ औं बार्षिक साधारणसभा अन्तरगत इकाईगत साधारणसभा शुरु भएसंगै संस्थाका अध्यक्ष हरिबहाुदर राजवंशीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको बित्तीय कारोबार बारे जानकारी गराउनु भएको छ । ८० वटा सेवा केन्द्र मार्फत बित्तीय सेवा प्रदान गर्दै आएको सहारा साकोसका गत असार मसान्तसम्ममा एकलाख ९२ हजार २४० जना शेयर सदस्य रहेको बताइएको छ । एकअर्व ६९ करोड ७५ लाख शेयर पुँजी रहेको सहाराको , जगेडा कोष एक अर्ब ३२ कडोर ६८ लाख,१४ अर्व १५ करोड ७६ लाख बचत र ११ अर्व ४७ करोड २७ लाख ऋण लगानी रहेको बताइएको छ । २०८५ सम्ममा २५ अर्बको वासलात बनाउने लक्ष्य राखेको सहाराको २०८२ असार मसान्तसम्मको वासलात १८ अर्व ५६ करोड ५८लाख रहेको विज्ञप्तिमा उल्लेख छ ।
चालु आवको अन्त्यसम्ममा दुईलाख २५ हजार सदस्य पुर्याउने लक्ष्य राखेको संस्थाले सो अवधीसम्ममा २० अर्बको वासलात बनाउदै ४२ करोड नाफा हुने प्रक्षेपण गरेको छ ।
सातवटा एकाईमा साधारणसभा सम्पन्न गर्नुपर्ने प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन बमोजिम सहाराले ७ वटा एकाई अन्तरगत ८६ स्थानमा उप—एकाई भेला गरेर साधारणसभा सम्पन्न गर्ने तयारी अनुसार आजदेखि शुरु गरेको हो । एकाईगत साधारणसभा १२ गते सम्ममा सम्पन्न हुने विज्ञप्तिमा उल्लेख छ ।
शेयर सदस्यलाई उद्यमशिलतातर्फ प्रोत्साहन गर्दै रोजगारी सिर्जना गराउन उद्देश्यले एग्री बिजनेस यूनिट स्थापना गरेर उद्देश्य अनुसार सेवा प्रवाह गर्दै आएको छ भने बढ्दो जलवायु परिवर्तनले पुर्याउने असरलाई न्यूनिकरण गर्ने प्रयास स्वरुप यसै वर्षदेखि वातवरणमैत्री तथा शुन्य कार्वन उत्सर्जनन लागि काम गर्ने योजना सार्वजनिक गरेको छ ।
विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहाराले शेयर सदस्यको निधन भएमा एउटा विरुवा उपलब्ध गराउने वा सामुहिक बृक्षारोपण गर्ने योजना समेत अघि सारेको अध्यक्ष राजवंशीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । यूवा शेयर सदस्यलाई उद्यमसँग जोड्नका लागि स्टार्ट अफ कोष सञ्चालनमा ल्याउन लागेको सहहाराले लोकसेवा परीक्षा तयारी कक्षा समेत संचालन गर्ने जनाएको छ । वित्तीय कारोबार सहजताका लागि विभिन्न एप्सको सेवा दिएको संस्थाले चालु आवदेखि कृत्रिम बुद्धिमता (एआई) को समेत प्रयोग गर्ने तयारी गरेको उल्लेख गरेको छ ।
चालु आबमा सहाराको लक्ष्य: सवा दुईलाख सदस्य,वासलात २० अर्ब,मुनाफा ४२ करोड



















