HomeFeatured 2प्याब्सन भद्रपुरको सांस्कृतिक कार्यक्रम सम्पन्न

प्याब्सन भद्रपुरको सांस्कृतिक कार्यक्रम सम्पन्न

भद्रपुर २४ मंसीर । नीजि तथा आवासिय बिद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल भद्रपुर नगर कमिटिले नगरपालिका भित्रका संस्थागत विद्यालयहरुको सहभागीतामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बुधवार चन्द्रगढीमा सम्पन्न प्रतियोगिताको भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । भद्रपुर नगरपालिका भित्रका २८ वटा मध्ये सहभागी २६ वटा संस्थागत विद्यालयको सहभागिता रहेको उक्त साँस्कृतिक प्रतियोगितामा सिनियर जुनियर गरि विभिन्न गायन तथा नृत्य प्रतियोगितामा एक हजार बढी विद्यार्थीले भाग लिएको प्याब्सन भद्रपुरका सांस्कृतिक कार्यक्रम आयोजक उप समिति संयोजक प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्याब्सनले आयोजना गर्ने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुन पाउने संयोजक भण्डारीले बताउनु भयो । विगत बर्षाहरुमा २ दिन संचालन हुने कार्यक्रम केन्द्रको निर्देशन बमोजिम यस पटक भने एकैदिनमा सम्पन्न गरिएको प्याब्सनले जनाएको छ । उक्त प्रतियोगितामा जुनियर मोर्डन नृत्य ,सेनियर सांस्कृतिक नृत्य ,राष्ट्रियता झल्काउने सिनियर गायन तथा जुनियर गायन लगायत विभिन्न प्रतियोगितामा विद्यार्थीको सहभागी रहेको थियोे । प्रतियोगितामा पहिलो ,दोस्रो र तृतीय स्थान प्राप्त।गर्ने विद्यार्थी तथा विद्यालयलाई मेडल, ट«फी र प्रमाणपत्र प्रदान गरिने संयोजक भण्डारीको भनाइ छ । भद्रपुर प्याब्सन अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरेल, उपप्रमुख राधा कार्की, झापा प्याब्सन अध्यक्ष छत्र कार्की , लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल शिक्षक विद्यार्थी लगाएतको उपस्थित रहेको थियो । कार्यक्रम संयोजक भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन अरुण बस्नेतले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्याब्सन भद्रपुरको सांस्कृतिक कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img