Homeसमाचारसुशासन प्रवर्द्वनमा कलम चलाउने तीनसहित पाँच पत्रकार पुरस्कृत

सुशासन प्रवर्द्वनमा कलम चलाउने तीनसहित पाँच पत्रकार पुरस्कृत

बिर्तामोड २३ मंसीर । भ्रष्टाचार विरुद्ध र सुशासन प्रवद्र्धनका लागि कलम चलाउँदै आएका झापाका तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको उक्त पुरस्कार प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच आज बितरण गरिएको हो ।
अमेरिकाको टेक्सासस्थित हेम– सरिता फाउण्डेशन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापित उक्त पुरस्कार २०८१ बाट जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दु पूर्वेली र पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी पुरस्कृत भएका छन् भने २०८२ बाट नयाँ पत्रिका दैनिकका झापा समाचारदाता चिरञ्जिवी घिमिरे पुरस्कृत भएका छन् ।
पत्रकारिता मार्फत भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा निरन्तर कलम चलाउँदै आएका पुरस्कृत पत्रकारहरूले न्यायपूर्ण समाज निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।
यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत भएका थिए। पुरस्कारका लागि रु पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट पुरस्कार प्रत्येक वर्ष महासङ्घले पुरस्कार वितरण गर्दै आएको छ ।
पुरस्कृत गाैतम र भण्डारी लामाे समयदेखि झापाको बिर्तामोडलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका छन् भने घिमिरे दमकलाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय छन् ।
कार्यक्रमकै बीच महासंघले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सामाचार लेखनका लागि पत्रकार जनआन्दाेलन डटकमकी समाचारदाता जोस्ना श्रेष्ठ र आँगन एफएमकी रञ्जीता खड्का पुरस्कृत भएका छन् । उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. आचार्य, मुख्य अधिकृत झविन्द्र भुषाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्यल र पुरस्कृत प्रतिभा घिमिरेले मन्तव्य राखेका थिए ।
महासंघका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने प्रतिभाको संक्षिप्त परिचय महासंघकी उपाध्यक्ष विनिशा शर्मा गौतमले प्रस्तुत गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुशासन प्रवर्द्वनमा कलम चलाउने तीनसहित पाँच पत्रकार पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img