बिर्तामोड २१ मंसीर । नेवा संस्था नेवाः पासा मुना पुचः बिर्तामोडको भातृ संस्था ल्याम्ह पुचः को आयोजनामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोडको मुक्ति चौक दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ल्याम्ह पुचः अध्यक्ष गम्भीरमान शाक्यको अध्यक्षता रहेको थियो भने नेवाः पासा मुना पुचः अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
जिल्ला रेडक्रस शाखाको प्राविधिक सहयोग र संस्थाका उपाध्यक्ष रेगन शाक्यले संयोजकत्वमा भएको रतदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
ल्पाम्ह पुच नेवाः पासा मुना पुचः को भातृ संस्था युवाहरुको संस्था हो। यसले सामाजिक कार्यहरु गर्दै आएको छ । अतिथिहरुमा नेवाः पासा मुना पुचःका पुर्व अध्यक्ष प्रमेश हलुवाई, लाखे संरक्षक लक्ष्मी श्रेष्ठ, नेवा मिसा पुचः अध्यक्ष निलम प्रधान लगायत सस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने रक्तदान गर्नेहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो।
नेवाः ल्पाम्ह पुचः को आयोजनामा रक्तदान कार्यक्रम

































































































