HomeFeatured 2कालिकापीठको अक्षयकोषमा व्यवसायी महाविरको ५१ हजार

कालिकापीठको अक्षयकोषमा व्यवसायी महाविरको ५१ हजार

कालीस्थान २० मंसीर । कालिकापीठ कालीस्थानको अक्षयकोष बृद्धिका लागि झापाका प्रतिष्ठित ब्यवसायी महाविर अग्रवाल र उहाको परिवारले ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
पीठको २२ औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजित श्रीमद्गरुड महापुराण, दैनिक रुद्राभिषेक एवं हवन, धनधान्याचल महायज्ञमा उपस्थित भएका अग्रवालले अक्षयकोषमा रहनेगरी ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको पीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कालिकापीठको दीर्घकालीन सञ्चालनका लागि स्थापना गरिएको अक्षयकोषको बृद्धि एवं दिवंगत आजीवन सदस्य तथा पदाधिकारीको भगवत्गती एवं राष्ट्रशान्तिको कामना गर्दै मंसीर १८ गतेदेखि २५ गतेसम्म सप्ताहब्यापी महायज्ञ आयोजना गरिएको छ ।
पीठका पूर्व विद्यार्थीहरु सीताराम तिम्सिनाले संगीतमय कथा प्रवचन र सिताराम खनालले पाठपारायण गरेको महायज्ञमा भगवत भक्तिगानतर्फ भजनगायक राजन खतिवडा रहनुभएको पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिनुभयो । कालिकापीठद्वारा २०६३ सालदेखि सञ्चालनमा आएको कालिका संस्कृत विद्यापीठमा अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले वैदिक ग्रन्थ पुराणादीको प्रवचन गर्दै समाजमा धार्मिक एवं आध्यात्मिक दर्शनबारे ज्ञान दिइरहेको पीठका प्राचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो । पीठमा निःशुल्क रुपमा भोजनादिको ब्यवस्थासहित वैदिक ग्रन्थहरु रुद्री, दुर्गासप्तसती, श्रीमद्भगवतगीता, बेद, ब्याकरण, १८ पुराण एवं वैदिक ग्रन्थहरुको अध्यापन हुँदै आएको पीठका सचिव पं. भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी दलमान तामाङले प्रदान गर्नुभएको ११ कठ्ठासहित १७ कठ्ठा परिसरमा फैलिएको पीठका देवशाला, यज्ञशाला, पाठशाला, पाकशाला, गौशालाको ब्यवस्था रहेको पीठका उपाध्यक्ष कर्णबहादुर तामाङले जानकारी दिनुभयो ।
महायज्ञमा पीठका जग्गादाता परिवार दलमान तामाङ (चैनपुरे बा) का छोरा ज्ञानबहादुर तामाङलाई पनि अग्रवालले नगद, बस्त्रादीद्वारा सम्मान गर्नुभएको थियो । झापा धुलाबारीका कपडा ब्यवसायी महाविर, महादेब, सोनु, हिमानी, अमनलगायत अग्रवाल परिवारले आफ्ना दिवंगत मातापिता बुधराम( मनभगवती अग्रवालको स्मृतिमा पंण्डित केदारनाथ खतिवडा, ज्ञानबहादुर तामाङ, सिता श्रेष्ठ, लगायतलाई नगद र बस्त्र प्रदान गर्नुभएको थियो भने अन्य २० बढी आमाहरुलाई बस्त्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । सोही अवसरमा स्वास्थ्य एवं सामाजिक सेवामा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै अर्जुनधारा–९ निवासी एल।बी सुब्बालाई नगदसहित कालिकापीठले सम्मान गरेको थियो ।
महायज्ञमा उपस्थित भएर श्रीमद्गरुड महापुराणमा उल्लेख भएका जीवन, जगत, जन्म–परजन्मका रहस्यमय कथा श्रवण गरिदिन र धार्मिक पर्यटकीय क्षेत्र कालिकापीठको अवलोकन गरिदिन आम जनसमुदायमा अध्यक्ष पोखरेलले आग्रह गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कालिकापीठको अक्षयकोषमा व्यवसायी महाविरको ५१ हजार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img