Homeसमाचारविर्तामोड खानेपानीको निर्वाचित समितिलाई प्रमाण–पत्र प्रदान

विर्तामोड खानेपानीको निर्वाचित समितिलाई प्रमाण–पत्र प्रदान

झापा २ पुस । विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विर्तामोडका नव निर्वाचित पदाधिकारीको सफथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्य सम्पन्न भएको छ ।
निर्वाचन समितिद्वारा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता टंक उप्रेतीले नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र प्रदान गर्नुका साथै सफथ ग्रहण गराउनु भएको थियो ।


सपथ ग्रहणपछि बोल्दै नव निर्वाचित अध्यक्ष जलकुमार गुरुङले उपभोक्तालाई स्वच्च खानेपानी उपलब्ध गराउनु आफ्नो एकमात्र ध्येय भएको बताउनु भयो । गुरुङले खानेपानी उपलब्ध गराउनु जस्तो पुण्य कर्म अरु केही नभएको बताउँदै आफ्नो ध्येय त्यसैमा भएको प्रतिवद्धता जनाउनु भयो ।
निर्वाचन अधिकृत उप्रेतीको अध्यक्षता र कृष्ण हुमागाँइको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सूर्यनारायण गणेश, वेदप्रसाद अग्रवाल, सञ्जीव चापागाँई, खगेन्द्र खरेल, शिला ढकाल, तीलक राई लगायतको उपस्थिति रहेको थियो ।
विर्तामोड खानेपानी संस्थाको गत मंसीर २५ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा जलकुमार गुरुङ, उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा शारदा रिजाल, सदस्यहरुमा देवेन्द्र सिटौला, पारस मैनाली, महिला सदस्यहरु माया प्रधान, सिता काफ्ले र बाला खरेल निर्वाचित भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड खानेपानीको निर्वाचित समितिलाई प्रमाण–पत्र प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img