बिर्तामोड २९ कात्तिक । नेकपा (एमालेी केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको दावी गर्नुभएको छ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जति तारा भए पनि एउटै सूर्य काफी रहेको उहाँको दावी थियो ।
मुलुकको भविष्यको मार्गचित्र भएको धारणा राख्दै मुलुकको रुपान्तरणका लागि ठुलो योगदान गरेको बताउँनु भयो । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रतिगमनका विरुद्ध झापाली जनताको बलियो साथ एमालेलाई रहेको बताउनु भयो । प्रतिनिधिसभा पुनस्थापना, संविधानको रक्षाका लागि पूर्वबाट झापालीहरुले दिएको सन्देश देशभरका लागि ठुलो योगदान हुने धारणा व्यक्त गर्नुभयो ।
प्रतिगमनकारी, देशद्रोही र आतंककारीहरुलाई एक दिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिंदै केन्द्रीय सचिव अर्यालले देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको उहाँको भनाई थियो । राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै उहाँले त्यस्ता समूहहरुलाई ठेगान लगाएर छोड्ने बताउनु भयो ।
जनसभामा एमालेका युवा नेता मनोज ताम्लीले राष्ट्रियताका निम्ति एमाले बाहेक कसैले बलिदाली दिन सक्ने बताउनु भयो । उहाँले लोकतन्त्र ल्याउन एमालेले नै बलिदानी दियो, लोकतन्त्रको रक्षाका लागि पनि एमाले नै बलिदानी दिन तयार रहेको बताउनु भयो । जेनजी मुभमेन्टका सही मागप्रति समर्थन भएपनि राष्ट्रिय झण्डा ओडेर देश जलाउनेहरुलाई राष्ट्रवादी मान्न नसकिने बताउँदै ताम्लीले सिंहदरवार र सर्वोच्च जलाउनेहरु नेपाली हुन नसक्ने उहाँको भनाई थियो । जनसभालाई सम्बोधन गर्दै फेरि पनि देशको नेतृत्व, पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जेनजी आन्दोलनका क्रममा भएको अराजकता, तोडफोड, आगजनी र क्षतिमा संलग्नलाई सरकारले कार्वाहि गरोस् भनेर पर्खेको भनाई राख्दै पर्खाइलाई कमजोरी नठान्न सुझाव दिनुभयो । पार्टीमा आस्था राखेकै भरमा एमाले कार्यकर्ताको भौतिक सम्पत्तिमाथि आक्रमण भएको स्पष्ट पार्दै अध्यक्ष भट्टराईले दुई महिनासम्म सरकारको बाटो हेरेको एमाले हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो ।
यसअघि पश्चिम, उत्तर र दक्षिणबाट भेला भएका नेता कार्यकर्ताहरुको नारासहितको र्याली मुक्तिचोक हुँदै कार्यक्रमस्थल (सिटि सेन्टर) मा पुगेको थियो । जेनजी आन्दोलन पछि बनेको सरकार असंबैधानिक भएको भन्दै एमालेले निरन्तर खबरदारी गर्दै आएको छ । एमालेले जेनजी आन्दोलनपछि झापाका सबै पालिकाका टोल, वडादेखि पालिका तहमा समेत खबरदारी सभा सम्पन्न गरेको एमालेले आज जिल्लास्तरिय कार्यक्रम गरेको हो ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गरेका थिए ।
देशद्रोही र आतंककारीलाई कठघरामा उभ्याएर छाड्ने चेतावनी



















