Homeकनकाईअसोजको बाढीबाट कृषिमा मात्रै सातकरोड ६२ लाख आठ हजार बढीको क्षति

असोजको बाढीबाट कृषिमा मात्रै सातकरोड ६२ लाख आठ हजार बढीको क्षति

भद्रपुर १८ कात्तिक । एकमहिना अघि आएको बाढीका कारण झापाका ७४९ जना किसान प्रभावित भएका छन् ।
बाढीबाट कृषिबालीतर्फ प्रत्यक्ष रुपमा ७४९ कृषक परिवार प्रभावित हुँदा सातकरोड ६२ लाख आठहजार बढीको क्षति भएको छ । जसमा सबैभन्दा बढी क्षति धानखेतीमा पुगेको छ । बाढीले किसानले लगाएको धान, तरकारी फलफुल लगाएको खेती डुवान तथा जमिन कटानका कारण उक्त क्षति भएको हो ।
कृषि ज्ञान केन्द्र झापाले बाढीबाट कृषि क्षेत्रमा पुगेको क्षति, प्रभावित परिवार बालीको प्रकृति लगायतका विषयलाई समेटर संकलन गरेको तथ्याङ्क अनुसार बाढीबाट ६ वटा पालिका ७४९ कृषक परिवार प्रभावित भएको उल्लेख गरेको छ ।
बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिका भद्रपुर, गौरादह र कनकाई नगरपालिकाका विभिन्न वडाका किसान प्रभावित भएका हुन् ।
बाढीले सबैभन्दा बढी झापा गाउँपालिकामा क्षति पुगेको छ । झापा गाउँपालिकामा ३६५.२७ हेक्टरमा किसानले लगाएको धान, आलु र केरा, तरकारी खेती र अन्य बालीमा समेत क्षति पुगेको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
बाढीबाट भएको क्षतिबारे ज्ञान केन्द्रले गरेको तथ्याङ्क संकलन अनुसार बाढी प्रभावित पालिका मध्ये सबै भन्दा बढी क्षति भएको झापा गाउँपालिकामा पाँचकरोड १४ लाख ७४ हजार दुईसय ४० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ । बाढीबाट झापा गाउँपालिकाका १, २ र ३ नं. वडामा क्षति पुगेको थियो ।
त्यसैगरी सोही बाढीका कारण गौरी गञ्ज गाउँपालिकाका किसानले लगाएको धानबालीमा बढी क्षति पुगेको छ । गाउँपालिकाको वडा नं. १ र २ ५८ परिवार किसान प्रत्यक्ष प्रभावित हुँदा ४५.२२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बराबर ७९ लाख ८८ हजार तीनसय १० रुपैयाँ बराबरको क्षति भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
यता शिवसताक्षी नगरपालिकाका चारवटा वडामा किसानले लगाएको धान र तरकारीबारीमा क्षति पुग्दा १७५ कृषक परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने उनीहरुले बाली लगाएको ७३.३६ हेक्टर जमिनमा क्षति पुग्दा कृषिबालीबाट मात्रै ९१ लाख ५५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको ज्ञान केन्द्रले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ । बाढीबाट शिवसताक्षीका ३, ४, ५ र ७ नं. वडामा क्षति पुगेको थियो ।
भदौ १८ गतेदेखि २० गतेसम्म आएको बाढीले एउटा मात्रै वडा प्रभावित भएको भद्रपुर नगरपालिकाको ३ नं. वडामा धानबाली र तरकारी खेतीमा क्षति पुगेको थियो । बाढीबाट ४६ कृषक परिवार प्रभावित हुँदा १७.३६ हेक्टर जमिनमा क्षति पुगेको थियो । भद्रपुरमा ५५ लाख ६० हजार नौसय ६० रुपैयाँ बराबरको धान तथा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीको प्रभाव गौरादह ५ र ६ नं. वडामा पनि पर्यो । गौरादह ५ र ६ का १५ कृषक परिवार प्रभावित हुँदा ती वडामा धानबालीमा क्षति पुगेको पाइएको छ ।
गौरादहमा वडा नंं ५ र ६ को ४.८७ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा आठ लाख ४४ हजार आठ सय ७० रुपैयाँ बराबरको आर्थिक क्षति किसानले व्यहोर्नु परेको छ ।
बाढीबाट अछुतो रहन नसकेको कनकाई नगरपालिकाका ५ वटा वडामा बाढीले असर पुर्यायो । कनकाईका १, ३, ५, ६ र ८ नं. वडाका २४ कृषक परिवार प्रभावित हुँदा ६.८७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
धानबालीमा मात्रै क्षति पुगेको कनकाईमा एककरोड चार हजार दुईसय ८० रुपैयाँ बराबरको क्षति पुगेको कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्रको नेतृत्वमा स्थानीय पालिकामा रहेका कृषि शाखाहरु समेतको समन्वयमा स्थलगत रुपमा कृषकका घर घर पुगेर बाढीबाट प्रभावित कृषक परिवार, क्षतिग्रस्त जमिन, क्षति पुर्याएको कृषिबालीको विवरण संकलन गरेको थियो ।
ज्ञान केन्द्रले गरेको संकलन गरेको विवरण अनुसार ६ वटा पालिकाका १७ वटा वडामा ७४९ कृषक परिवार प्रभावित हुँदा किसानले धान, तरकारी, आलु र केरा जस्ता कृषिबाली लगाएको लगाएको ५१२.६३ हेक्टर जमिनमा क्षति पुगेको पाइएको छ ।
बाढीबाट किसानले लगाएको बालीको क्षतिको विवरण अनुसार सात करोड ६२ लाख आठ हजार दुईसय २२ रुपैयाँको क्षति पुगेको कृषि ज्ञान केन्द्रका सागर विष्टले बताउनु भयो ।
क्षतिग्रस्त बालीको छुट्टाछुट्टै विवरण हेर्दा सबै भन्दा बढी धानबालीमा क्षति पुगेको पाइएको छ । धानबाली लगाएको ७०३ कृषक परिवार प्रभावित हुँदा उनीहरुले खेती लगाएको ४६३.४२ हेक्टर जमिनमा क्षति पुगेको छ । उक्त जमिनमा १७४४.३३ मेट्रिक टन धानबालीमा क्षति पुगेको उल्लेख गरिएको प्रतिवेदनमा धानबाली वापत पाँचकरोड, ७५ लाख २३ हजार सातसय २० रुपैयाँ बराबरको आर्थिक क्षति भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ३३ तरकारी कृषक परिवार प्रभावित हुँदा उनीहरुको बाली लगाएको ७.१२ हेक्टर जमिनमा क्षति पुगेको छ भने ३८ लाख दुईहजार मूल्य बराबरको क्षति क्षति पुगेको छ ।
आलुतर्फ ५० कृषक परिवारले खेती लगाएको १७.८६ हेक्टर जमिनमा उत्पादन हुने २६.८ मेट्रिक टन बाली क्षति हुँदा १९ लाख ६० हजार, केरातर्फ एककरोड २५ लाख ९२ हजार पाँचसय, अन्य फलफूल तथा बालीसहित एकलाख ५० हजार बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
कनकाईअसोजको बाढीबाट कृषिमा मात्रै सातकरोड ६२ लाख आठ हजार बढीको क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img