भद्रपुर १६ कार्तिक । चन्द्रगढी सामुदायिक वन समूहको आसन्न निर्वाचनका लागि ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
यही कार्तिक २२ गते हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दल तथा स्वतन्त्र गरी ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
अध्यक्षका लागि नेपाली कााग्रेसको समर्थनमा गुरूप्रसाद घिमिरे, नेकपा एमालेको समर्थनमा अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा चुडामणि मैनाली, नेकपा एकीकृत समाजवादीबाट हिराप्रसाद पोखरेल, जेनजी युवाहरूको समर्थनमा राजु वराल, स्वतन्त्र रमेश न्यौपाने, पुण्यप्रसाद पोखरेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा ८, सचिवमा ५, सहसचिव ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै खुल्ला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । ५ वटा क्षेत्र रहेको समूहमा २, ५ र ९ नम्वर क्षेत्रका सहसंयोजक निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक सहसंयोजकका लागि उम्मेदवारी परेको छ ।
२६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चन्द्रगढी वन चारआली निचाझोडा जंगल अन्र्तगत ४३०.५९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।



















