HomeFeatured 2सामुदायिक वन चन्द्रगढीको परिषद भेला तथा साधारणसभा सम्पन्न

सामुदायिक वन चन्द्रगढीको परिषद भेला तथा साधारणसभा सम्पन्न

भद्रपुर १ असोज । सामुदायिक वन उपभोक्ता समुह चन्द्रगढीको २६ औं परिषद भेला तथा साधारणसभा भद्रपुर ९ मा रहेको मुना सामुदायिक भवनमा बुधबार सम्पन्न भएको छ ।
सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भेटेरीनरी लगायतका विभिन्न कृषि कार्यक्रमहरुमा उपभोक्ता कृषकहरुलाई वन उपभोक्ता समुहले सहकार्य र सहयोग गर्दै जाने बताउनु भयो । उहाँले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्दै वन समुहले गरेका कार्यहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्दै वन समितिले उपभोक्ताको हितमा गरिने कार्यहरुमा नगरपालिकाका पूर्ण सहयोग रहने बताउदै चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले जेन्जीको आक्रमण बाट ध्वस्त पारिएको संरचनालाई तत्काल कार्यन्वयनमा ल्याइने प्रयास भईरहेको बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सब वन डिभिजन कार्यलयका कुलप्रसाद भट्टराई , चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनाली लगायतले मन्तव्य राखेका थिए। भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गर्नु भएको थियो । सो कार्यक्रममा वन स्मारिकाको विमोचन गरिएको थियो भने स्मारिका तयार गर्ने प्रधान सम्पादक तारा विविध लगायतका सम्पादक समुहको १० जनालाई नगद, प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी सो कार्यक्रममा जेन्जीको प्रदर्शनमा सहादत प्राप्त गर्ने शहीदहरुप्रति शोकसभा समेत सम्पन्न गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सामुदायिक वन चन्द्रगढीको परिषद भेला तथा साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img