HomeFeatured 2भोली आउन जेनजीलाई सेनाको माइकिङ

भोली आउन जेनजीलाई सेनाको माइकिङ

काठमाडौं २५ भदौ । जेनजीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका सन्दर्भमा समन्वय गर्दै आएको नेपाली सेना र जेनजी आगामी सरकारको नेतृत्वको सन्दर्भमा सहमती जुट्न सकेन । सेनाले जेनजीबीच छलफल भएपनि सहमति हुन नसकेपछि सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सेनाको माइकिङपछि सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नाम लिएको बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भोली आउन जेनजीलाई सेनाको माइकिङ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img