कालीस्थान ६ साउन । कालिकापीठ कालीस्थान र कालिका बहुद्देश्यीय सहकारी सस्थाको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम आज सम्पन्न भएको छ ।
कालिकापीठको सभाहलमा आयोजित कार्यक्रमका बीच दुइजना जेष्ठ महिलाहरु सीता श्रेष्ठ र इन्दिरा बिष्टलाई सम्मान गरिएको छ ।
अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पराजुलीले तीज पर्बसग वैदिक सभ्यता र सस्कृती जोडिएको प्रसङ्ग उल्लेख गर्दै सभ्यता र सस्कृती कायम राख्दै हर्षोल्लासपुर्ण तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्जुनधारा नगरपालिकाका प्रबक्ता एवं वडा नम्बर-१० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा संगिनी लगायतका मौलिक एवं तीज सम्बन्धि सामुहिक गीत नृत्य सम्पन्न भएको थियो ।
कालिका मात्री समुहका अध्यक्ष तारा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डिल्लीराम दाहालले गर्नुभएको थियो भने सन्चालन गान्धारी मिश्रले गर्नुभएको थियोे ।
कालिकापीठ कालीस्थान र कालिका बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त तीज मिलन कार्यक्रम

































































































