बिर्तामाेड ४ भदौ । तीज भड्किलो भएकाे भन्दै आलाेचना भइरहेका बेला सन्देशमुलक र रचनात्मक बनाउने प्रयास भइरहेका छन् । बिर्तामोडमा बुधबार मनाइएका सामुहिक तीजलाइ त्यसैकाे अभ्यासका रूपमा लिन सकिन्छ । तीजलाई पर्वसंगै सशक्तीकरणमा जाेड्ने उद्देश्यले झापा जिल्ला सहकारी संघले तीजकाे सन्दर्भ पारेर उत्प्रेरणासम्बन्धि अन्तरक्रिया सम्पन्न गरेकाे छ ।
संघले बुधबार बिर्तामोडमा एक कार्यक्रम काे आयाेजना गरि महिला शसक्तिकरणमा सहयाेग पुर्याउने उद्देश्यले माेटिभेसन सम्बन्धि कार्यक्रम राखिएकाे आयाेजक संस्थाकी उपाध्यक्ष देविका बस्नेतले जानकारी दिइन ।
बिर्तामोड नगरपालिकाकि नगरप्रमुख पवित्रा महतारा प्रसाईंकाे प्रमुख आतिथ्य तथा बिशेष अतिथिहरू मिना ढकाल, हर्क तामाङ रहेकाे कार्यक्रमकाे सहजीकरण रश्मि सिल्पकारले गरेकी थिइन ।
निला दाहालले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन देवी अधिकारीले गरेकी थिइन भने कार्यक्रमकाे ओैचित्यमाथि सचिव भानु दंगालले प्रकाश पारेका थिए ।

ज्येष्ठ र भजनकिर्तनमा उत्कष्ठलाई सम्मान
बिर्तामोड ५ स्थित पाथीभरा टाेल सुधार संस्था मातहतकाे महिला उपसमितिले ज्येष्ठ माता र भजन किर्तनमा उत्कृष्ठलाई सम्मान गर्दै सामुहिक तीजपर्व मनाएकाे छ । महिला उपसमितिकी अध्यक्ष निर्मला कडरियाकाे अध्यक्षता तथा काेशी प्रदेश सांसद कमला थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ९२ वर्षिया माता महादेवी अधिकारी र टाेलले सञ्चालन गरेकाे भजन किर्तनमा उत्कृष्ट प्रस्तुती दिने कमला ओली र देवी पाेखरेललाइ सम्मान गरिएकाे थियाे । सम्मानित तिनै जनालाई प्रमुख अतिथि थापाले सम्मान पत्र प्रदान गरेकी थिइन ।
आयाेजक समितिकी उपाध्यक्ष गाेमा खतिवडाले शब्द र गीतमार्फत गीता प्रसाईं, कमला विमली, लगायतकाे टिमले स्वाागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव यमुना तिवारीले गरेकी थिइन । साे अवसरमा प्रमुख अतिथि थापा, पाथीभरा टाेल सुधार संस्थाका सचिव छविरमण बराल, पूर्वअध्यक्ष माेहन ओली, ज्येष्ठ नागिरक समितिका अध्यक्ष भवानीप्रसाद चिमरिया, चेम्बर अफ कमर्श बिर्तामोड नगर अध्यक्ष संगिता चिमरिया, तारा शर्मा दुलाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विपन्नलाई सम्मान
विपन्न महिलालाई आर्थिक सहयाेग गर्दै लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । सेवामूलक काम गर भन्ने लायन्सकाे मूल मर्म अनुसार स्मार्ट लेडीले आर्थिक अभाव झेलिरहेका दुई महिलालाई नगद राशीद्वारा सम्मान गरेकाे हाे । नगद राशीसहित सम्मानित हुनेमा सुकुरमनी कर्माकार र फागाेसाेनी राजवंशी रहेका छन् ।
स्मार्ट लेडीकी अध्यक्ष यशाेदा उप्रेतीको अध्यक्षता तथा लायन्सकाे ग्याट काेअर्डिनेटर एडभाईजर रेखा गुरूङकाे अध्यक्षता तथा बन्दना पाेखरेलकाे विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लीला मैनाली, राधा सुब्बा, राधिका चुडाल हुमागाई, स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सरू भुर्तेल खनालले स्वागत गरेकाे कार्यक्रममा झण्डाकाे अभिवादन पुनम उप्रेतीले गरेकी थिइन भने शिला भट्टराई बरालले सञ्चालन गरेकाे कार्यक्रममा मञ्जु उप्रेतीले धन्यवाद ज्ञापन गरेकी थिइन ।

































































































