भद्रपुर ३ भदौ । राष्ट्रिय सूचना दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा बृहत अन्तरकृया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी तथा सरोकारवाला निकायका प्रमुख, कार्यालयगत सूचना अधिकारी साथै पत्रकारहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले सूचनालाई प्रभावकारी बनाउने तथा माग गरिएको सूचना नदिनेलाई कार्वाही हुने बताए । सार्वभौमसत्तालाई असर नपर्ने जुनसुकै पनि सूचना मागकर्तालाइ कार्यालयले उपलब्ध गराउनुपर्ने अधिकारीको जोड थियो। कार्यक्रमको सहजीकरण गर्दै सूचना प्राप्ति गर्नु जुनसुकै नागरिकको पनि मौलिक अधिकार भएकोले कानून बमोजिम प्राप्त हुने सम्पूर्ण सूचना प्राप्त हुने नागरिकको दायित्व भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले असान्दर्भिक सूचना माग नगर्न आग्रह गरे।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सम्बन्धित कार्यालयले सहज रुपमा नागरिकलाई सूचना प्रदान गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पत्रकाहरु उमाकान्त खनाल ,रमा दाहाल, सन्तोष न्यौपाने लगायतले आफुहरुलाई कतिपय कार्यालयहरुले सूचना दिन आलटाल गर्ने गरेको बताएका थिए । कतिपय कार्यालयका सूचना अधिकारीले आफुहरुसंग सूचना माग गर्दा मागकर्ताले डर धाक धम्की दिने गरेको गुनासो गरेका थिए ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउने प्रमुख जिल्ला अधिकारीको प्रतिवद्धता

































































































