Homeमहिलावीरता लेडी जेसीज पूर्वअध्यक्ष क्लबको उत्कृष्ठ नारी सम्मान कमलालाई

वीरता लेडी जेसीज पूर्वअध्यक्ष क्लबको उत्कृष्ठ नारी सम्मान कमलालाई

बिर्तामोड २ भदौं । लामो समय प्राध्यापन पेशामा संलग्न भई अवकास जीवन बिताइरहेकी भद्रपुरकी कमला पोखरेललाई वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले यो वर्षको उत्कृष्ट नारी सम्मानबाट सम्मानित गरेको छ ।
२०११ सालमा धनकुटामा जन्मिएकी पोखरेलले २०३७ सालदेखि प्राध्यापन पेशामा संलग्न रहेर शिक्षा क्षेत्रमा योगदान पुर्याएकी थिइन् । मेची बहुमुखी क्याम्पसकी सेवा निवृत्त सहप्राध्यापकको जिम्मेवारी समेत सम्हालेकी पोखरेल दाहाललाई महिलाहरुको चाड तीजको अवसर पारेर सोमबार यस वर्षको उत्कृष्ठ नारी सम्मान प्रदान गरिएको हो । दाहाल झापाका सरकारी क्याम्पसकी पहिलो प्राध्यापक हुन् ।
पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, क्लबकी अध्यक्ष मञ्जु सिटौला पोखरेल, वीरता लेडी जेसिजकी अध्यक्ष निशा शाक्य लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
क्लबको सम्मान पाउने पोखरेल पाँचौँ महिला हुन् । २०३७ सालदेखि प्राध्यापन पेसामा रहेकी पोखरेल मेची बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालकी सहयात्री (श्रीमती) हुन् ।
पूर्व अध्यक्ष क्लबकी अध्यक्ष मञ्जु सिटौला पोखरेलको अध्यक्षता तथा प्रमुख अतिथि शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा औचित्य माथि स्वस्तिका आचार्यले प्रकाश पारेकी थिइन भने सञ्चालन मिनु ओली र सम्मान पत्र वाचन संगीता चिमरियाले गरेकी थिइन् ।
सो अवसरमा मेरो भ्वाइस अफ युनिभर्समा छैटौंमा पर्न सफल प्रतिष्पर्धी जुनु प्रसाईलाई भोटिङ सहयोग स्वरुप संस्थाको तर्फबाट नगद रु. पाँचहजार प्रदान गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलावीरता लेडी जेसीज पूर्वअध्यक्ष क्लबको उत्कृष्ठ नारी सम्मान कमलालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img