Homeसमाचारशिक्षा सेवी न्याैपानेकाे निधनमा बिर्तामोडका शैक्षिक संस्था बिदा

शिक्षा सेवी न्याैपानेकाे निधनमा बिर्तामोडका शैक्षिक संस्था बिदा

बिर्तामोड ३० असार । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।

बिर्तामोड नगरपालिकाका शिक्षा समितिका सदस्य समेत रहेका न्याैपानेकाे निधनमा नगर क्षेत्रभित्रका विद्यालयलाई शाेक बिदा दिएकाे हाे ।
कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७.४० बजे निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेका थिए । बीएण्डसी अस्पतालमा भर्ना गरिएका न्यौपानेलाई हिजो घर ल्याइएको थियो । विभिन्न शिक्षण संस्थामा अध्यापन गरेका न्यौपानेले शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका छन् ।
उनी दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विराट ज्योति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रहेका थिए । उनले जिल्लाका विभिन्न विद्यालयमा छात्रवृतिका अक्षय कोष स्थापना गरिदिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिक्षा सेवी न्याैपानेकाे निधनमा बिर्तामोडका शैक्षिक संस्था बिदा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img