Homeसमाचारविर्तामोड खानेपानी संस्थाको नेतृत्वका जलकुमारको नेतृत्वमा लोकतान्त्रिक समूह

विर्तामोड खानेपानी संस्थाको नेतृत्वका जलकुमारको नेतृत्वमा लोकतान्त्रिक समूह

झापा । विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न मंसीर २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेद्वारी सार्वजनिक गरिएको छ ।
लोकतान्त्रिक समूहले विर्तामोडमा पत्रकार सम्मेलनका आयोजना गरि आफ्नो समूहबाट उठाइएको नौ सदस्यीय समितिका उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो ।
लोकतान्त्रिक समूहका तर्फबाट जलकुमार गुरुङको नेतृत्वमा उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा शारदा रिजाललाई अघि सारिएको छ । त्यस्तै महिला सदस्यत्रयमा माया खड्की, बाला खरेल र सिता काफ्ले भट्टराई तथा पुरुष सदस्यमा पारस मैनाली र देवेन्द्र सिटौला रहेका छन् ।


६ हजार ५ सय उपभोक्ता रहेको संस्थामा उपभोक्ताको माग अनुसार धारा जडान गर्दै जाने, सेवाग्राहीको सहजताका लागि सर्वसुलभ दरमा मिनरल वाटर उत्पादन परियोजना सञ्चालन गरि बोतल र जारमा समेत पानी उपलब्ध गराउने, पाइप लाइन विस्तार, महशुल भुक्तानीका लागि अनलाईन सेवाको विकास तथा संस्थाको गतिविधि वेवसाईटको माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउने, साविक गरमनी गाविसका वडाहरुमा खानेपानीको लाइन विस्तार गरी स्वच्छ खानेपानी उपलब्ध गराउने, हाल भएका सबै पानी ट्याङ्कीमा विद्युत फिडर विस्तार गरी जडान गर्ने, पानी परिक्षण ल्याबलाई थप व्यवस्थित गर्नुका साथै दक्ष जनशक्ति तयार गर्ने प्रतिवद्धता व्यक्त सार्वजनिक गरेको छ ।
त्यस्तै संस्थाको लेखा प्रणाली व्यवस्थित गर्न कम्प्युटर सफ्टवेयरको व्यवस्था गर्ने, खानेपानी महशुल र धारा जडान महशुललाई सस्तो र सहज बनाउन प्रयास गर्ने लगायतका कार्य गर्ने लोकतान्त्रिक समूहले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
निर्वाचन परिचालन समितिका संयोजक देउकुमार थेवेको संयोजकत्वमा भएको उम्मेद्वार सार्वजनिकीकरण कार्यक्रमको सहजीकरण बलराम कार्कीले गर्नुभएको थियो ।
राप्रपा र कांग्रेसको संयुक्त समूह लोकतान्त्रिक समूहको उम्मेद्वारी सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, विर्तामोड साना शहरी खानेपानी संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाई, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड खानेपानी संस्थाको नेतृत्वका जलकुमारको नेतृत्वमा लोकतान्त्रिक समूह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img