Homeसमाचार‘दावी छ, तर बाधक बन्दिन’

‘दावी छ, तर बाधक बन्दिन’

झापा । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दावी रहने बताउनु भएको छ । विगतको परम्परा, संसदीय अभ्यास र नजिरका आधारमा रिक्त सभामुख पदमा उपसभामुखको दावी स्वाभाविक हुने संकेत गर्दै अहिलेसम्मको कार्य क्षमता र दक्षताका आधारमा पनि सभामुखमा आफ्नो दावी रहने बताउँदै छलफलका क्रममा बाधक भने नबन्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संसदमा पारित भइसकेका विधेयकको प्रमाणीकरण, विचाराधीन विधेयकमाथि छलफल तथा संसदीय कामकारबाहीका लागि सभामुख चयन गर्न जरुरी रहेको बताउँदै उक्त विषयमा आफूले निरन्तर छलफल र परामर्श गरिरहेको उहाँको भनाई थियो ।


‘सभामुख र उपसभामुख एउटै दलको नहुने ब्यवस्था संविधानमै उल्लेख छ’ उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो–‘मैले राजीनामा नदिएसम्म सभामुख चयनको प्रक्रिया नै प्रारम्भ हुँदैन, तर राजीनामा दिनुअघि राजनीतिक दलमा छलफल जरुरी छ ।’ आफूसँग छलफल पश्चात मात्रै राजनीतिक दलले निर्णय लिने विश्वास समेत उहाँले ब्यक्त गर्नुभयो । सभामुख परिपूर्तिका विषयमा हिउँदे अधिवेशन अघि नै छलफल प्रारम्भ हुने उहाँको भनाई थियो ।
उपसभामुख भएका कारण आफू सभामुखको पहिलो दावेदार रहेपनि कानुनी रुपमा सबै सांसदहरु सभामुखका लागि योग्य हुने भन्दै उहाँले सभामुख नहुँदाको अवस्थामा उपसभामुखले अध्यक्षता गर्ने भन्ने विषय संविधानमा उल्लेख भए पनि कामकारबाहीका विषयमा संवैधानिक ब्यवस्थामा नै ग्याप रहेकाले सभामुख नहुँदा संसदका कामकारबाही प्रभावित भएको बताउनुभयो ।
सभामुख कृष्णबहादुर महराको राजीनामाको प्रसङ्ग उठाउँदै गरिमामय पदमा बसेको ब्यक्तिबाट भएको त्यस्तो घटना अप्रत्यासित भएको भन्दै आगामी दिनमा यस्तो दोहोरिनुनहुनेमा जोड दिनुभयो ।
हाल संसदमा १८ वटा विधेयक पारित भइसकेर प्रमाणीकरण हुन बाँकी रहेको र २९ वटा विधेयक विचाराधिन रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सांसद तथा अन्तर्राष्ट्रिय श्रम समितिका सभापति पवित्रा खरेल, नेपाल पत्रकार महासंघ प्रदेश नं–१ का अध्यक्ष विक्रम लुइटेल लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासंघ झापा उपाध्यक्ष भीमा शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘दावी छ, तर बाधक बन्दिन’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img