Homeसमाचारनौ बुँदे घोषणा पत्र जारी गर्दै जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न

नौ बुँदे घोषणा पत्र जारी गर्दै जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न

गौरादह । बुँदे घोषणा पत्र जारी गर्दै दुईदिनदेखि जारी जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । बैगुनधुरा अंग्रेजी माविको आयोजनामा जिल्लाका ५०० बढी विद्यार्थी सहभागिता रहेको गोष्ठी हिजो शुक्रबारबाट शुरु भएको थियो ।
दुइदिनदेखि जारी गोष्ठीमा रेडक्रस र युवासंग जोडिएका विभिन्न सेवामुलक तथा संस्थागत हितका नौ बुँदे प्रतिवद्धता पत्रमा तयार गरी बैगुनधुरा घोषणा–पत्र जारी गर्दै गोष्ठी सम्पन्न भएको जुनियर रेडक्रस तथा युवा तर्फका इन्चार्ज प्रकाशचन्द्र खरेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य तथा उपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न गोष्ठी समापन कार्यक्रममा प्रमुख अतिथि ढकालले मानवीय सेवाका क्षेत्रमा युवाको महत्वपूर्ण भूमिका रहने बताउँदै रेडक्रसमा आवद्ध युवाहरुले विशुद्ध सेवाभावले काम गर्नुपर्ने बताउनु भयो । शिक्षक नायक कोषराज गड्तौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत भरत गौतमले गर्नुभएको थियो ।
यस अघि शुक्रबार प्रकाशचन्द्र खरेलको अध्यक्षतामा भएको गोष्ठी समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सरकार बालबालिकासंग काम गर्न इच्छुक भएको जानकारी दिंदै यो वर्ष नीतिगत निर्णय गरेको र अर्को वर्षदेखि रेडक्रससंग कार्यगत एकता गर्ने धारणा राख्नुभयो । कार्यक्रममा विशेष अतिथि गौरादह नगरपालिकाका मेयर रोहित शाहले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनौ बुँदे घोषणा पत्र जारी गर्दै जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img