बिर्तामोड ७ जेठ । विद्यालयमा राखिएको खानेपानीको धाराको पानी पिउदा बाह्रदशी गाउँपालिका – ६ मा अवस्थित मिनि माउण्टेन इङलिस सेकेण्डरी बोर्डिङ स्कूलका १७ जना विद्यार्थी विरामी परेका छन् ।
विरामी हुनेमा बाह्रदशी– ६ कि ११ बर्षीय बालिका सुमित्रा किस्कु, १० वर्षीय रेवन बिक, ९ बर्षीया खुस्बु बर्देवा, १० वर्षीया सुप्रिया सुन्दास, सेन्जेहाङमा शर्मा, मनिता गजुरेल, ११ बर्षीय बिना रिजाल रहेका छन् ।
त्यसैगरी ११ वर्षका आदित्य ढकाल, अरबिदा राई, सुशान्त कार्की, प्रनिशा कार्की, ग्रिष्मा साह, १० वर्षीय सृष्टि मावो, ८ वर्षीय अनुसा भुजेल, ९ बर्षीय ईसिका भुजेल र बर्षा लिम्बु रहेका छन् ।
धाराको पानी पिएपछि विद्यार्थीको पेट दुख्न थालेपछि विरामी विद्यालयका शिक्षकले उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल ल्याएका थिए । विद्यार्थीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयको धारामा पानी पिउदा पिउदा १७ जना विद्यार्थी बिरामी

































































































