Homeसमाचार'भाउ मोलेर जनता उकास्ने र भड्काउने काम नगरौं'

‘भाउ मोलेर जनता उकास्ने र भड्काउने काम नगरौं’

विर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षमा नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड अनुसार बनाइने बताउनु भएको छ ।
चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले मंगलबार आयोजित छलफलमा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने लक्ष्य राखेर हाल मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिनुभयो ।

चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढङ्गले विकास र विस्तार गर्ने गुरुयोजना कार्यान्वयनमा सबैले जुट्नुपर्नेमा जोड दिंदै जग्गा अधिग्रहणमा अनावश्यक विवाद निकाल्न नहुने बताउनु भयो । सैद्धान्तिक रुपमा जमिन राज्यको भएको र त्यहाँ बसोबास गर्ने जनताको उचित व्यवस्थापन गर्ने राज्यको दायित्व रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले मुआब्जाका नाममा जनता उचालेर नभड्काउन सुझाव दिंदैे भन्नुभयो– ‘यो जग्गाको भाउ यति र उति भनेर उकास्ने र भड्काउने काम कतैबाट पनि नगरियोस्’। चन्द्रगढी विमानस्थल प्रधानमन्त्रीको आँगन र आफ्नो गृह प्रवेशको ढोका भएको बताउँदै भन्नुभयो–प्रधानमन्त्रीको गृह जिल्लाको एयरपोर्ट भएको कारण यसमा विशेष जोड हुन्छ’ ।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले विमानस्थलका लागि १०० बिघा जग्गा थप्नुपर्ने आवश्यकता औँल्याउनु भयो । प्राधिकरणले जग्गा अधिग्रहणका लागि बजेटको समेत व्यवस्थापन गरेको बताउनु भयो ।
महाप्रबन्धक पोखरेलले चन्द्रगढी विमानस्थलको पूर्वी भागतर्फ भारतीय सीमाका कारण बढाउन नसकिने दिंदै विमानस्थल विस्तारको संभावना अब उत्तरतिरको जिल्ला कारागार र निजी जग्गा अधिग्रहण गरी नयाँ टर्निमल भवन बनाउनुपर्ने तथा पश्चिमतिर रहेको नेपाली सेनाको ब्यारेक र जिल्ला प्रशासन कार्यालय हटाएर विमानस्थलको एप्रोच रन–वे विस्तार गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, संविधानसभा सदस्य मनकुमार गौतम, प्रेम गिरी, प्रदेश सांसद एकराज कार्की, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, संघीय समाजवादीका दिपेनवाला राई, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, जितु गौतम जिल्ला समन्य समिति झापाका संयोजक सोम पोर्तेल, आयल निगमका प्रतिनिधि भरत रेग्मी लगायतले आगामी एकसय वर्षसम्मको भविष्यलाई आँकलन गर्न गरेर मात्र गुरुयोजना बनाउँन सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'भाउ मोलेर जनता उकास्ने र भड्काउने काम नगरौं'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img