Homeसमाचारविर्तामोड खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि प्रगतिशील प्यानलको उम्मेद्वारी सार्वजनिक

विर्तामोड खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि प्रगतिशील प्यानलको उम्मेद्वारी सार्वजनिक

विर्तामोड १९ मंसीर । आगामी मंसीर २५ गते हुने विर्तामोड साना सहरी खानेपानी उपभोक्ता समितिका निर्वाचनका लागि नेकपा निकट प्रगतिशील प्यानलले उम्मे्वारी घोषणा गरेको छ ।
प्रगतिशील प्यानलबाट अध्यक्षमा ज्ञानुराम प्रसाई, उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जवेगु र कोषाध्यक्षमा कमलप्रसाद पौडेललाई अघि सारेको छ ।
समितिका सदस्यहरुमा महिला सदस्यतर्फ हिमादेवी प्रसाई सिता सापकोटा (सन्ध्या), श्रीप्रसाद सिटौला र शंकरराज ढुङ्गेललाई सार्वजनिक गरेको छ । ९ सदस्यीय खानेपानी उपभोक्ता संस्थाका लागि प्रगतिशील प्यानलले एक महिला सदस्यको उम्मेद्वार चयन गर्न बाँकी रहेको जनाएको छ ।

चुनाव प्रचार–प्रसार समितिका संयोजक तथा नेकपाका नगर इन्चार्ज युवराज दाहालको अध्यक्षतामा सम्पन्न उम्मेद्वारको नामावली सार्वजनिक कार्यक्रममा अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले २५ वर्षदेखिको एउटै नेतृत्व उपभोक्ताले फेर्न चाहेको बताउँदै उपभोक्ताको चाहना अनुसार नै आफूले उम्मेद्वारी घोषणा गरेको बताउनु भयो ।
नेतृत्वको समस्याका कारण अहिलेसम्म खानेपानी संस्थामा अहिलेसम्म तीनतहकै सरकारको बजेट प्राप्त हुन नसकेको बताउँदै आफू नेतृत्वमा पुगेसंगै सरकारको पनि लगानी भित्र्याउने प्रतिवद्धता जनाउँदै प्रसाईले आफू नेतृत्वको समितिले विर्तामोडका १० वटै वडामा तीन वर्षे कार्यकालमा खानेपानीको धारा विस्तार गरिसक्ने बताउनु भयो । त्यस्तै उपाध्यक्षका उम्मेद्वार बुद्धि घिमिरेले आफूहरुलाई जनताले निर्वाचित गरेर पठाए हाल कायम रहेको पानीको महशुलमा २० प्रतिशत कटौती गर्ने, चुहावट नियन्त्रण गर्ने, धारा जडानमा सहजता, कर्मचारीको क्षमता अभिबृद्धि लगायतका काम गर्ने अठोट लिएको बताउनु भयो । उम्मेद्वार सार्वजनिक कार्यक्रमको सहजीकरण खानेपानी कार्यसम्पादन समितिका संयोजक सिपी कडरियाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि प्रगतिशील प्यानलको उम्मेद्वारी सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img