शनिश्चरे । २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रभित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई जाडोमा ओड्ने कपडा वितरण गरिएको छ ।
मंगलबार अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजद्वारा आयोजित कार्यक्रममा नगर क्षेत्रभित्रका २५ जना अपाङ्गता भएकाहरुलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष खेम रेग्मीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि अध्यक्ष रेग्मी प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा अनिस सुवेदी, जशोदा सुनुवार, अजित चौहान, पवित्रा विश्वकर्मा, पुनम कट्वाल, मनमाया विश्वकर्मा, मानबहादुर श्रेष्ठ लगायत २५ जनालाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्य, एक्सेल बैंक झापाका प्रमुख दिनेश पोखरेल, नेपाली कांग्रेस अर्जुनधारा नगर समिति सहसचिव सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सदस्य दिपेन्द्र काफ्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।
२८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा दीगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य रहेको छ ।



















