Homeसमाचारआपराधिक गतिविधि नियन्त्रणमा कडा निगरानी राख्ने झापाका प्रहरी प्रमुखको प्रतिवद्धता

आपराधिक गतिविधि नियन्त्रणमा कडा निगरानी राख्ने झापाका प्रहरी प्रमुखको प्रतिवद्धता

भद्रपुर ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख राजन लिम्बूले जनताका गुनासालाई सभ्य तरिकाले सम्बोधन गर्दै जिल्ला भित्र रहेका लागू औषध ओसारपसार लगायतका आपराधिक क्रियाकलाप पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट झापाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएका प्रहरी उपरीक्षक लिम्बूले मंगलबार झापाका संचारकर्मी संगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । उहाँले संचारकर्मी तथा आम पब्लिकको सहयोगमा आपराधिक क्रियाकलाप हुने क्षेत्रहरुमा सिसि क्यामरा जडान गरि कानुन विपरीत हुने गतिविधि, अबैध कारोवार नियन्त्रण, चोरी डकैती लगायतका कार्यहरु नियन्त्रण गर्ने इमान्दारितापूर्व काम गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
सिमानामा हुने अपराध, जुवा तास, ग्रामीण तथा बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्ने उहाँको प्रतिवद्धता थियो । प्रमुख लिम्बूले आफुले कसैको दवाव र बलमा कुनै काम नगर्ने बताउदै चोरी डकैती मादक पदार्थको बेचविखन नियन्त्रणमा कडा निगरानी राखिने बताउँदै सेवा प्रदान गर्ने क्रममा खराव आचरण भएको आफू मातहतका प्रहरीलाई समेत कार्वाही गर्ने बताउनु भयो ।
सो अबसरमा सहभागी संचारकर्मीहरुले झापाका पाँच तारे होटलहरुमा संचालन हुने क्यासिनो ,नियान्त्रण, जनताका गुनासाको संबोधन सवारी दुर्घटना नियन्त्रण खुला सिमानामा हुने आपराधिक कार्यलाई विशेष प्राथमिकतामा राख्नु पर्ने लगायतका विभिन्न सुझाव दिएका छन्। कार्यक्रमको संचालन प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआपराधिक गतिविधि नियन्त्रणमा कडा निगरानी राख्ने झापाका प्रहरी प्रमुखको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img