Homeसमाचारपर्यटकीय गन्तव्य इलामको पाटेनागी

पर्यटकीय गन्तव्य इलामको पाटेनागी

जोस्ना श्रेष्ठ ईलाम। मुलुककै सुन्दर पर्यटकीय जिल्ला ईलाम आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको पहिलो गन्तव्यमा पर्दछ । यहाँ अवस्थित असंख्य प्राकृतिक तथा धार्मिक स्थलहरूको अवलोकन तथा भ्रमणका लागि आन्तरिक तथा बाहृय पर्यटकहरू आउने गर्दछन्।

ईलाममा पर्यटकको मन लोभ्याउने प्रमुख स्थलहरू मध्ये कन्यामको चिया बगान , हाँसपोखरी कुटी डाडामा अवस्थित सानो पाथिभरा , पन्चकन्या देवीको मन्दिर ,सुर्योदयको दृश्य अवलोकन गर्न सकिने स्थल श्री अन्तु,माई पोखरी , सन्दकपुर,गजुरमुखि धाम , ईलाम चियाबारी, माई थान , सिंहवाहिनी मंदिर,नारायण थान लगायत हुन ।

यी पर्यटकीय स्थलहरूमा दैनिक ठुलो संख्यामा घुम्न आउने पर्यटकहरूको भिड लाग्ने गर्दछ । त्यसतै अन्य धेरै पर्यटकीय स्थलहरू, पदमार्ग पर्यटकको रोजाईमा पर्ने गरेको छ।
ईलाम नगरपालिका वडा नं ३ पुवा मझुवामा अवस्थित पाटेनागी क्षेत्र पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ । यहाँका मनमोहक प्राकृतिक सौन्दर्य डाडा , पाखा , चिसो हावा छिन छिनमै परिवर्तन हुने मौसम , बर्षेनी यहाका बनमा चैत्र महिनामा फुल्ने विभिन्न किसिमका गुराँसका फूलहरूले पर्यटकहरूको मन लोभ्याउने गरेको छ।
समुद्री सतहदेखि ३,१०० मिटरको उचाईमा अवस्थित यस पर्यटकीय स्थलबाट सुर्योदय, सुर्यास्त सगै हिमालका दृश्य अवलोकन गर्न सकिन्छ ।

खास गरी बिहान ८ देखी देखि दिउँसो २ बजे सम्मको समयमा मौसम सफा रहने र दृश्यावलोकन गर्न उपयुक्त हुने जानकारहरु बताउँछन्।
केही बर्ष यता यस स्थानमा नयाँ बर्षको अवसरमा मेला लाग्ने गरेको छ । भने सो समयमा सो स्थानमा पर्यटकहरूको भिड लाग्ने गरेको छ ।
पछिल्लो समय पर्यटकहरूको चहलपहल भैरहने हुनाले पर्यटन व्यवसाय ईलाममा फस्टाएको देखिन्छ । पर्यटकहरूको आगमनले स्थानीय स्तरमा उत्पादित बस्तुहरु चिया , छुर्पी,घिउ , ललीपप, सागसब्जी आदिको व्यापार पनि बढेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपर्यटकीय गन्तव्य इलामको पाटेनागी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img