जोस्ना श्रेष्ठ
काठमाडौंदेखि पूर्व उत्तरमा पर्ने सिन्धुपाल्चोकको बाह्रबिसे बजार प्रमुख एक व्यापारिक केन्द्र हो ।

बागमती प्रदेशमा पर्ने यो व्यापारिक केन्द्र राजधानी काठमाडौंबाट करिब ८५ किलोमिटर टाढा छ । नेपाल चीन मुख्य व्यापारिक मार्गमा पर्ने भएकोले यस बजारलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

































































































